१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वासको मत मागेर संसद बैठकबाट कता लागे ओली ?

६ श्रावण २०८१, आईतवार ११:२१

साउन ६,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले मागेको विश्वासको मतलाई लिएर अहिले संसदमा छलफल चलिरहेको छ । विश्वासको मतको पक्ष र विपक्षमा सांसदहरूले धारणा राखिरहँदा प्रधानमन्त्री अकस्मात् बैठकबाट बाहिर निस्किए ।

विश्वासको मत माग्दै ओलीले करिब एक घण्टा लामो सम्बोधन गरेका थिए । उनको सम्बोधनमा यसपालि विपक्षीहरूमाथि गालीगलौज र घोचपेच थिएन । बरु आफ्नो सरकारको सैद्धान्तिक विषयवस्तु र भिजन उनले प्रस्तुत गरे ।

प्रधानमन्त्रीपछि कांग्रेस सभापति शेरबहादुर देउवा र त्यसपछि एमालेकै गोकर्ण बस्नेतले रोष्टममा आएर बोले । दुवैले बोल्दा प्रधानमन्त्री ओली आफ्नो आसनमै थिए । माओवादी केन्द्रका महासचिव तथा पूर्वअर्थमन्त्री वर्षामान पुनले बोल्दा भने उनी उठेर हिँडे । पुनले ओलीको सम्बोधनको प्रतिवाद गरेका थिए ।

पुनपछि बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ओलीको खोजी गरेका थिए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू हुनुहुन्न, सायद कतैबाट सुन्दै हुनुहुन्छ होला ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने ओली हिँडेकोप्रति असन्तुष्टि जनाए । प्रधानमन्त्री बैठकबाट बेपत्ता बनेको टिप्पणी उनले गरे ।

नेपालले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ । तर, अहिले यो हलबाट बेपत्ता हुनुहुन्छ । उहाँले संसदलाई महत्त्व नदिनुभएको जस्तो लाग्यो । आजको सदनमा उहाँको पूरा उपस्थिति आवश्यक थियो । सबैका विचार र धारणा सुन्ने धैर्यता राख्नुपर्थ्यो । सायद अरूका बचन सहन नसक्ने हो कि !’

स्रोतका अनुसार ओली संसदभित्रै छन् । उनी आफ्नो कार्यकक्षमा गएर बसेको बताइएको छ । केहीबेरमा जवाफी सम्बोधनका लागि उनी फेरि बैठकमा आउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु