कात्तिक १३, पोखरा । नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले द्वन्द्वकालीन घटनाको निष्पक्ष छानबीन गरी पीडितलाई न्याय र पीडकलाई कारबाही हुनुपर्नेमा जो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १३, पोखरा । नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले द्वन्द्वकालीन घटनाको निष्पक्ष छानबीन गरी पीडितलाई न्याय र पीडकलाई कारबाही हुनुपर्नेमा जो"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“द्वन्द्वकालीन घटनाको निष्पक्ष छानबीन हुनुपर्छ”

१३ कार्तिक २०७३, शनिबार ०९:२९

कात्तिक १३, पोखरा । नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले द्वन्द्वकालीन घटनाको निष्पक्ष छानबीन गरी पीडितलाई न्याय र पीडकलाई कारबाही हुनुपर्नेमा जोड दिनुभएको छ । 

नेपाल मानव अधिकार सङ्गठन पश्चिमाञ्चल क्षेत्रीय समितिद्वारा आज यहाँ आयोजित नेपाल मानवअधिकार सङ्गठन पश्चिमाञ्चल क्षेत्रीय परिषद् भेलाको उद्घाटन गर्दै उहाँले सत्ता बाहिर रहदा मानव अधिकारको कुरा गर्ने र सत्तामा रहदा मानव अधिकारका सबै कुरा बिर्सने मनोवृत्ति राजनीतिकर्मीमा रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

“मानव अधिकारकर्मी संधै सत्यको पक्षमा हुनुपर्छ “ उहाँले भन्नुभयो– मानव अधिकारीकर्मीले जे देख्छ त्यो बोल्न सक्नुपर्छ, ”। वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएकाले मानवअधिकार संरक्षणको अवस्था कठीन अवस्थामा पुगेको बताउनुभयो । 

सांसद् विन्दा रानाले प्रजातन्त्र र लोकतन्त्रको स्थापनामा मानव अधिकारकर्मीले खेलेको भूमिकाको सराहना गर्नुभयो । सङ्गठनका क्षेत्रीय संयोजक नरेन्द्र बाँस्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा सङ्गठनका केन्दीय महासचिव महामुनिश्वर आचार्य, स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेललगायतका वक्ताहरुले मानव अधिकारको स्थितिका बारेमा बोल्नुभएको थियो । 

सो भेलामा यस क्षेत्रका १४ जिल्लाका करिब ६० जना मानव अधिकारकर्मीको सहभागिता रहेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो