१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविमाथि विनोद चौधरीको टिप्पणी- छानविनको घेरामा रहेको विवादित व्यक्तिले संसदमा स्टन्ट गरे

७ श्रावण २०८१, सोमबार ०५:२८

साउन ७, काठमाडौँ ।  नेपाली कांग्रेस सांसद विनोद चौधरीले रवि लामिछानेले आइतबार प्रतिनिधि सभामा आफू लक्षित दिएको अभिव्यक्तिको आपत्ति जनाएका छन्।

पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनुसन्धान गरिरहेको हाजिरी जमानीमा छुटेको मान्छे सरकार बने लगत्तै बालकोट पुगेर गीत गाइरहँदा पहिल्यै शंका उत्पन्न भएको बताएका थिए ।


चौधरीले विवादित विगत र बर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले संसदजस्तो गरिमामय थलोमा  कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही नभएको बताएका छन् ।

उनले भनेका छन्- 

प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर  जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापुर्ण अभिव्यक्ती दिएका छन् ।

जसकाप्रति मेरो घोर आपत्ति छ । विवादित विगत र बर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा  कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन । 

विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो । 

अन्तराष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा जसरी राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ । संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरुमाथि प्रहार गर्ने थलो नबनाउन पनि आग्रह गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु