१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाको पहिलाकाले पनि गरेका थिए, किन केहि नबोल्या भन्ने तर्क लज्जास्पद: रञ्जु दर्शना

७ श्रावण २०८१, सोमबार ०६:०४

साउन ७,  काठमाडौँ । विवेकशील साझाकी महासचिव रञ्जु दर्शनाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई गरेको पत्र विवादमा रास्वपाका नेताहरूले गरेको तर्क लज्जास्पद भएको टिप्पणी गरेकी छन् । 

‘सम्माननीय उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिसा अन्तरवार्ता डेटको प्रिबुकिङ गर्न आफ्नो समेत अरूहरूको पनि नाम किटान गरेर पत्र पठाउनु भएको कुरा सरासर गलत हो’, रञ्जु दर्शनाले सोमबार सामाजिक सञ्जाल एक्समा भनेकी छन्, ‘पहिलाका नेताहरूले पनि त गरेका थिए, किन केहि नबोल्या भन्ने तर्क झन लज्जास्पद हो। किनभने पुराना ठिक भएनन् भनेरै नयाँ आको होइन र ?’


प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद सुमना श्रेष्ठले रानाको बचाउ गर्दै तर्क गरेपछि दर्शनाले यस्तो बताएकी हुन् । यस्तै रास्वपाका अन्य नेताहरु पनि बचाउमा उत्रिएका छन् ।

रास्वपाले राजनीतिक पृष्ठभूमि नभएका व्यक्तिहरूलाई महत्त्वपूर्ण पदभार सम्हाल्न पठाएको तर केही नसिकाएको उनको भनाइ छ । जसको फलस्वरुपः  एकपछि अर्को यस्तै किसिमका घटना देखिन सक्ने दर्शनाको टिप्पणी छ ।

‘व्यक्तिलाई  नेता बनाउने लामो प्रक्रिया अनि बाटो हो। रास्वपाले युद्ध मैदानमा बिना हतियार योद्धाहरूलाई पठाउन हुन्न’, उनको भनाइ छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा उपसभामुखको पत्रका सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षका सांसदबिच वादविवाद भएको थियो । उपसभामुखले आफूले गलत नगरेको दाबी गर्दै आएपनि सत्तापक्षका सांसदले उपसभामुखमाथि छानबिनको माग गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु