२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पुष्पलाललाई सांसदले पुष्पकमल भनेपछि…

२०८१, ७ श्रावण सोमबार ०९:१४

साउन ७, काठमाडौँ । प्रतिनिधिसभाका सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई सम्झँदा पुष्पकमल दाहाल उच्चारण गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले आफ्नो उच्चारण सच्याउँदै पछि पुष्पलालप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

“नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहाल…पुष्पलालजीको ४६औँ स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु,” उनले भने ।

त्यसपछि उनले आफ्नो निर्वाचन क्षेत्र रौतहट–२ मा भएको घटनाबारे बोल्न थालेसँगै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डले नियमापत्ति जनाए ।


“म नियमापत्ति गरिरहेको छु । उहाँले पुष्पकमल दाहाल भन्नुभयो । के भन्न खोज्नुभएको हो ? वास्तवमा एउटा माननीयले बोल्दा के बोलिरहेको छु भन्ने थाहा दिनुपर्छ भन्ने लाग्छ । म यो बारेमा नियमापत्ति गर्न चाहन्छु । रेकर्डबाट हटाउन…” उनले भने । उनले यति बोल्दा बोल्दै माइक काटियो ।

पाण्डेको आपत्तिपछि सभामुख देवराज घिमिरेले त्यसबारे प्रस्ट पार्न साहलाई निर्देशन दिए । “वक्ता माननीयज्यू, तपाईंले बोलेको पुष्पकमल दाहालमाथि आपत्ति आयो, तुरुन्त प्रस्ट गर्नुस् अनि आफ्नो कुरा राख्नुस्,” सभामुख घिमिरेले भने । 

त्यसपछि नेकपा (एमाले)का सांसद साहले बोल्दा उच्चारण गलत भएको भन्दै माफी मागे । “सम्माननीय महोदय, मैले पुष्पलाल भनेको पुष्पकमल भन्न आएकाले क्षमा माग्न चाहन्छु,” उनले भने ।

त्यसपछि सभामुखले उनलाई थप धारणा राख्न समय दिए । संसद्को कारबाही नियमित रूपमा अघि बढाइयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन