१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पुष्पलाललाई सांसदले पुष्पकमल भनेपछि…

७ श्रावण २०८१, सोमबार ०९:१४

साउन ७, काठमाडौँ । प्रतिनिधिसभाका सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई सम्झँदा पुष्पकमल दाहाल उच्चारण गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले आफ्नो उच्चारण सच्याउँदै पछि पुष्पलालप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

“नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहाल…पुष्पलालजीको ४६औँ स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु,” उनले भने ।

त्यसपछि उनले आफ्नो निर्वाचन क्षेत्र रौतहट–२ मा भएको घटनाबारे बोल्न थालेसँगै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डले नियमापत्ति जनाए ।


“म नियमापत्ति गरिरहेको छु । उहाँले पुष्पकमल दाहाल भन्नुभयो । के भन्न खोज्नुभएको हो ? वास्तवमा एउटा माननीयले बोल्दा के बोलिरहेको छु भन्ने थाहा दिनुपर्छ भन्ने लाग्छ । म यो बारेमा नियमापत्ति गर्न चाहन्छु । रेकर्डबाट हटाउन…” उनले भने । उनले यति बोल्दा बोल्दै माइक काटियो ।

पाण्डेको आपत्तिपछि सभामुख देवराज घिमिरेले त्यसबारे प्रस्ट पार्न साहलाई निर्देशन दिए । “वक्ता माननीयज्यू, तपाईंले बोलेको पुष्पकमल दाहालमाथि आपत्ति आयो, तुरुन्त प्रस्ट गर्नुस् अनि आफ्नो कुरा राख्नुस्,” सभामुख घिमिरेले भने । 

त्यसपछि नेकपा (एमाले)का सांसद साहले बोल्दा उच्चारण गलत भएको भन्दै माफी मागे । “सम्माननीय महोदय, मैले पुष्पलाल भनेको पुष्पकमल भन्न आएकाले क्षमा माग्न चाहन्छु,” उनले भने ।

त्यसपछि सभामुखले उनलाई थप धारणा राख्न समय दिए । संसद्को कारबाही नियमित रूपमा अघि बढाइयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु