१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागमतीमा १० र लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन, को–को बने मन्त्री ?

९ श्रावण २०८१, बुधबार १२:०६

साउन ९, काठमाडौँ ।  केन्द्रमा नयाँ सत्ता समीकरण बनेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै बागमती र लुम्बिनीमा पनि नयाँ समीकरण अनुसार सरकार गठन भएका छन् ।
बागमती प्रदेशमा कांग्रेस नेता बहादुर सिंह लामाको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनेको छ भने लुम्बिनीमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको छ ।
बागमती प्रदेशमा लामा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले बुधवार कांग्रेस एमालेलाई समेटेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेर शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण गरेसँगै बागमतीका मन्त्रीहरूले बुधबारबाटै जिम्मेवारी बहन गरेका छन् ।
लामाको नेतृत्वमा बनेको मन्त्रीमण्डलमा एमालेका ६ र कांग्रेसका ३ मन्त्री छन् । एमालेबाट मन्त्री बनेका प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
त्यस्तै कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदुकुमार श्रेष्ठले मन्त्रीको शपथ लिएपनि उनीहरूको जिम्मेवारी तोकिएको छैन । बागमतीमा १३ वटा मन्त्रालय छन् ।
यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नौ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । मुख्यमन्त्री आचार्यले बुधवार नै शपथ लिएर नौ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन्
मुख्यमन्त्री आचार्यले कांग्रेस र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन् ।
नयाँ मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सीता शर्मा रहेका छन् । मन्त्रालय भागबन्डामा सहमति नजुटेकोले उनीहरूको मन्त्रालय भने तोकिएको छैन । हाललाई ११ वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई नै तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु