२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागमतीमा १० र लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन, को–को बने मन्त्री ?

२०८१, ९ श्रावण बुधबार १२:०६

साउन ९, काठमाडौँ ।  केन्द्रमा नयाँ सत्ता समीकरण बनेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै बागमती र लुम्बिनीमा पनि नयाँ समीकरण अनुसार सरकार गठन भएका छन् ।
बागमती प्रदेशमा कांग्रेस नेता बहादुर सिंह लामाको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनेको छ भने लुम्बिनीमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको छ ।
बागमती प्रदेशमा लामा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले बुधवार कांग्रेस एमालेलाई समेटेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेर शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण गरेसँगै बागमतीका मन्त्रीहरूले बुधबारबाटै जिम्मेवारी बहन गरेका छन् ।
लामाको नेतृत्वमा बनेको मन्त्रीमण्डलमा एमालेका ६ र कांग्रेसका ३ मन्त्री छन् । एमालेबाट मन्त्री बनेका प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
त्यस्तै कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदुकुमार श्रेष्ठले मन्त्रीको शपथ लिएपनि उनीहरूको जिम्मेवारी तोकिएको छैन । बागमतीमा १३ वटा मन्त्रालय छन् ।
यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नौ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । मुख्यमन्त्री आचार्यले बुधवार नै शपथ लिएर नौ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन्
मुख्यमन्त्री आचार्यले कांग्रेस र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन् ।
नयाँ मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सीता शर्मा रहेका छन् । मन्त्रालय भागबन्डामा सहमति नजुटेकोले उनीहरूको मन्त्रालय भने तोकिएको छैन । हाललाई ११ वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई नै तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा