२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कला, साहित्यका लागि नेपाल ऊर्बर भूमि- प्रधानमन्त्री ओली

२०८१, १२ श्रावण शनिबार १०:५१

साउन १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्बर भूमि भएको बताएका छन् । 

लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज आयोजित कार्यक्रममा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले नेपाल ज्ञानको उदगम स्थल र विस्तार भएको ठाउँ भएको उल्लेख गरे ।

'मानिसका अनुभव र अनुभूतिहरू सङ्ग्रहित र परीक्षित भएपछि ज्ञान बन्छ । ज्ञानको सङ्ग्रह र वितरणको आरम्भ  पृथ्वीको यही भागबाट भएको हो ।’, प्रधानमन्त्री ओलीले भने, 'नेपालका घाँस, पात र परिङ्गर, पँधेरामा पनि आँश’’ कविता प्रकट ह’’ने वातावरण छ । यो वातावरणलाई विस्तार गरेर जाने सन्दर्भमा गौतमको लेखनी अघि बढ्दै जाओस् भन्न चाहान्छ ।'

उनले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकारहरू नेपालमा जन्मिएको सन्दर्भ उलेख गर्दै रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने कला र प्रतिभा नेपालीमा रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीबाट ८१ वर्षीय गौतमका ‘मेरो इतिहास’, ‘नेत्रका तीन खण्डकाव्य’ र ‘भूत पिसाचका कथा’ कृति लोकार्पण गरिएको थियो । 

लेखक गौतमबाट अझै थप कृतिको आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उमेर ढल्केपति स्वास्थ्यका लागि थुप्रै पद्धति, उपकरण र चिकित्सा विज्ञान विकास भइसकेकाले ज्येष्ठ नागरिकले रोगको चिन्ता बर्न नपर्ने बताए ।

आफू दुई पटक मिर्गाैला फेरेर पनि स्वस्थ्य नै रहेको सन्दर्भ उल्लेख गर्दै  प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले आविष्कार गरेका विधिलाई मानवीय हित र उपचारमा प्रयोग गर्न सक्नु पर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन