३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालको समग्र न्याय क्षेत्रलाई ऐना देखाउने गौशाला-२६ को निवेदन

१३ श्रावण २०८१, आईतवार ०३:२८

साउन १३, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्धामा पाटन उच्च अदालतबाट सफाई पाएपछि अब यो सरकारवादी मुद्धा सर्वोच्चमा अपिल हुने क्रममा रहेको छ । यसैबीचमा मुद्धकी पिडित गौशाला- २६ ले शुक्रबार सरकारी वकिलको कार्यालयलाई एक हस्तलिखित निवेदन दिएर यो मुद्धा अब आफु लड्न नसक्ने र अगाडी नबढाउन आग्रह गरेपछि यो विषय फेरी चर्चामा रहेको छ ।

गौशाला- २६ को निवेदनपछि अब सरकारी वकिलको कार्यालयले यो मुद्धा सर्वोच्चमा लैजान्छ वा लैजादैन भन्ने प्रश्न त्यतिकै छन् भने उनको निवेदनले नेपालको समग्र न्याय प्रणालीलाई ऐना देखाएको घटनाको रुपमा लिन सकिन्छ ।

आखिर गौशाला- २६ ले किन मुद्धा अगाडी नबढाउन निवेदन दिइन् त ? यो प्रश्नको उत्तर उनको निवेदनमा त उल्लेख नै छ, साथसाथै उनको निवेदन नेपालको न्याय प्रणालीको नेतृत्व गरिरहेकाहरुलाई गिज्याएको र सोधेको प्रश्न पनि हो । गौशालाले निवेदनमा भनेकी छन्- ‘सम्मानित अदालतले आफ्नो फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै आफ्नो त्रासरहित एवं शान्तिपूर्ण जीवन जीउनु नै मेरो प्राथमिकता रहेकाले प्रस्तुत मुद्दाको कारबाही अगाडि नबढाउनु हुन निवेदन गर्दछु ।’

यी लाइनहरुबाट यो मुद्धा लड्नेक्रममा गौशाला- २६ ले भोगेको पिडा झल्किन्छ । उनले निदेदनमा भनेकी छन्- ‘यस मुद्दा दर्ता भएलगत्तैदेखि मेरो मानसिक एवं सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्धको भ्रमपूर्ण खबर र ममाथि दबाब फैलाउँदै आएका थिए ।’ 

गौशाला-२६ ले निवेदनआमा उल्लेख गरेका यी लाइनले नेपालमा 'न्याय' पाउन सहज छैन भन्ने स्पष्टसँग बोल्दछ । चाहे न्याय क्षेत्रको नेतृत्व गरेकाहरु हुन् चाहेनीति निर्माणदेखि सरकारमा बस्नेहरु हुन गौशाला-२६ ले निवेदनमा उल्लेख गरे झैँ नेपालमा न्यायका लागि लड्दा कसरी जीवन अस्तव्यस्त हुन्छ भन्ने सजिलै बुझ्न जरुरी छैन र ? न्यायका लागि लडिरहेकी एउटा युवती मानसिक रुपमा दर त्रासमा बाच्नु पर्ने अवस्था कसले सिर्जना गर्यो ? यसको उत्तर राज्यले दिनुपर्छ की पर्दैन ? भन्ने प्रश्न गौशाला- २६ को निवेदनले सोझै सिंहदरबार तर्फ सोधेको छ ।  

गौशाला २६ ले आफ्नो निवेदनमा कसैको दबाबमा आफुले जाहेरी नदिएको स्पष्ट गर्दै भनेकी छन्- 'मैले कसैको दबाबमा जाहेरी दिएको थिइनँ, ऊ गलत भएकैले मैले निवेदन दिएको थिएँ । मेरो नियत जम्माजम्मी अरु कोही किशोरीले मैले जस्तो भोग्नु नपरोस् भन्ने थियो ।’

यति मात्र होइन प्रोपोगान्डा, मिडिया ट्रायल र अदालतको ढिला सुस्तीले कसरी कसैलाई 'न्याय' चाहिदैन भन्ने अवस्थामा पुर्याउछ भन्ने पनि यो घटनाले देखाएको छ । उनले भनेकी छन्- ‘हरेक हप्ताको मुद्दा पेशीले म यति थाकिसकेँ कि जिन्दगीले मलाई कहाँ लाँदैछ भन्ने पनि थाहा छैन । अब म बाँच्न चाहन्छु त्रासरहित जिन्दगी, जहाँ मैले मेरो परिचय लुकाउनु नपरोस् । मान्छे बाँच्नको लागि पो लड्छ, आफूलाई हरेक दिन मारेर लडेको लडाइँ के लडाइँ ?’

गौशाला- २६ ले अब यो मुद्धा नलडने निर्णय लिएसँगै नेपालको न्याय क्षेत्रलाई अनगिन्ती प्रश्न तेर्साएकी छन् । उनको निवेदनपछि अब सरकारी वकिलको कार्यालयले यो मुद्धालाई अगाडी बढाउछ वा बढाउदैन, त्यो स्पष्ट छैन तर सरकारवादी मुद्धा भएकाले उनको निवेदनकै आधारमा अगाडी नबढने भन्ने हुदैन । सरकारी वकिलको कार्यालयले फैसलाको अध्ययन गरेर पुनरावेदन गर्ने आधार देखेमा महान्यायाधिवक्ता कार्यालयमा आफ्नो रायसहितको प्रतिवेदन पठाउने र सो आधारमा महान्यायाधीवक्ताको कार्यालयले पुनरावेदनको निर्णय लिने प्रक्रिया हुन्छ ।

प्रक्रिया जे होस् गौशाला- २६ ले न्याय प्रणालीलाई ऐना देखाउदै अब मलाई 'न्याय' चाहिदैन भन्ने आसयको निवेदनले समग्र न्याय प्रणालीलाई मात्र होइन, समाज, मिडिया र सरकारलाई समेत तिमीहरुले 'न्याय' दिन सक्दैनौं भन्ने दरिलो जवाफ दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो