१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस महामन्त्रीलाई रास्वपा सांसदको प्रश्न- मनोज केसीको सरुवाका विषयमा बोल्न सक्नुहुन्छ ?

१३ श्रावण २०८१, आईतवार ०८:४६

साउन १३, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीले डीआइजी मनोज केसीको सरुवालाई लिएर आपत्ति जनाएको छ ।

संसद बैठकमा बोल्दै रास्वपा सांसद हरि ढकालले विश्वासको मत लिएको दुई दिनभित्र अब्बल राष्ट्रसेवकको सरुवा गरिएको बताए ।

कुन उद्देश्यका साथ केसीको सरुवा गरिएको हो भन्ने प्रश्न ढकालले राखेका छन् । उनले कांग्रेस महामन्त्रीलाई यो विषयमा सदनमा बोल्न चुनौती समेत दिए ।

ढकालको भनाइ:

नयाँ सरकार बन्दै गर्दा यो सरकारको उद्देश्य हामीलाई थाहा थियो । अहिले शृङ्खला देखिन थाल्या छ । पहिलो शृङ्खला सरकार गठनपछि मन्त्रिमण्डल बन्दा नै देखिया थियो । अनुसन्धानको घेरा वरिपरि रहेकाहरूलाई मन्त्री दिएर पुरस्कृत गरियो । दोस्रो, प्रादेशिक मन्त्री बनाउँदा गुण्डानाइके, अपहरण–फिरौती तथा मानव बेचबिखनमा मुद्दा खेपेकालाई रोजियो ।

तेस्रो श्रृंखलामा एक अब्बल राष्ट्रसेवक कर्मचारी डिआइजी मनोज केसीलाई सरुवा गरियो । उहाँलाई कसरी सरुवा गरियो ? त्यो पनि विश्वासको मत लिएको दुई दिनभित्र । कुन उद्देश्यले यो सरकार बनेको हो भन्ने तर्क हामीले प्रस्तुत गरेका थियौँ । त्यही उद्देश्यका लागि यो गरिएको प्रष्ट भएको छ ।

असार १० गते इन्स्पेक्टर सरुवाका विषयमा कांग्रेसका एक महामन्त्रीले भ्रम फैलाउने गरी स्टाटस लेख्नुभएको थियो । उहाँ आज मनोज केसीको सरुवाका विषयमा बोल्न सक्नुहुन्छ ? सक्नुहुन्न ।

यसरी हामीले जनआवाज सदनमा राख्दा नातिनातिनाको संज्ञा दिइन्छ । हो, हामी नातिनातिना नै हो । डिठ्ठासाहेब, काजीसाहेबहरुको रवैयालाई चुनौती दिने अब्बल पढेलेखेका सक्षम नातिनातिना हौँ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु