२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री ओलीको निर्देशनः कमिशन र भ्रष्टाचारको गन्ध पाएँभने राम्रो हुँदैन

२०८१, १४ श्रावण सोमबार ०७:०३

साउन १४, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सबै मन्त्रालयका सचिवहरुसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीलाई सचिवहरुले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे जानकारी गराएका थिए ।

बैठकमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । विहान ११ः३० बजे सुरु भएको बैठक साँझ ५ः३० बजेसम्म चलेको थियो । बैठकपछि प्रधानमन्त्री ओलीले भोलि (मंगलबार) विशेष निर्देशन दिने भनिएको छ ।


नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले प्रधानमन्त्री ओलीले हिजोको बैठकमा मन्त्रालयमा कमिशन र भ्रष्टचारको गन्ध आएमा राम्रो नहुने भनी सचेत गराएको बताए । उनले प्रधानमन्त्री ओली संसदमा पनि भ्रष्टाचारको विरुद्धमा दह्रो र दृढतापूर्वक उभिएको उनले बताए ।

‘मैले सुनेअनुसार हिजो मन्त्रीहरु र सचिवहरुको संयुक्त बैठकमा पनि प्रधानमन्त्रीले कुनै पनि मन्त्रालयमा कमिशन र भ्रष्टाचारको गन्ध मैले सुन्नुपर्ने छैन, मैले सुनेँ भने राम्रो हुनेछैन भन्ने तहबाटै उहाँले निर्देशन गर्नुभएको मैले सुनेको छु । प्रधानमन्त्रीज्यूले सदनमा पनि भ्रष्टाचारको विषयमा, कमिशनको विषयमा अन्यन्त खरो र दृढतापूर्वक प्रस्तुति तपाईँ हामीले सुनेका छौं । मैले पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न । त्यसका लागि सरकार अगाडि बढ्छ भन्ने कुरा प्रस्तुत भएको छ,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै गैरेले भने ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले विगतमा विभिन्न रुपमा चर्चामा आएका, छानविनको प्रक्रिया सुरु भएका वा छानविनको प्रक्रिया सुरु गर्नुपर्ने सबै काण्डहरुको छानविन प्रक्रिया अगाडि बढाउने नेता गैरेको दाबी छ । प्रधानमन्त्री ओलीले सुशासन, जनताले सेवा लिने क्षेत्रदेखि लिएर विकास निर्माणका काम, भ्रष्टाचार र कमिशन अन्त्य हुने गरी काम थालेको नेता गैरेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन