२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री भएको दुई वर्ष पुग्न एक साताअघि राजीनामा दिन्छु : केपी ओली

२०८१, १५ श्रावण मंगलवार ०९:१३

साउन १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई असफल हुने छुट नै नभएको बताएका छन्। आज मंगलबार सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरूलाई बोलाएर मुलुककको गम्भीर परिस्थितिबीच पहिलो र दोस्रो ठूलो दलसहितको सरकार बनेको भन्दै उनले जनतामा छाएको निराशा चिर्ने गरी काम गर्न भनेका हुन्।

ओलीले सरकारको स्थायित्वमा शंका नगर्न भन्दै आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साताअघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेर स्थिरताको सन्देश दिने ‍बताए।


‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,’ उनले भने, ‘स्थिरतासहित नै सन्देश दिनु छ। त्यसैले म प्रधानमन्त्री भएको दुई वर्ष पुग्न एक साताअघि राजीनामा दिन्छु। सरकारको नेतृत्व हस्तान्तरण गर्छु।’

उनले सफलताको संकेत यही आर्थिक वर्षमा देखिनुपर्ने पनि बताएका छन्।  ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन । भाग्यमा छ भन्दैमा डोकोमा दूध दोएर अडिँदैन । हामीले सफलताको संकेत यस आर्थिक वर्षमा दिनुपर्छ,’ उनले भने, ‘अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ। यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गरौं भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । विना आग्रह मूल्यांकन गरेर निर्णयमा जान्छ।’

उनले सरकार केही ढलपल नहुने भन्दै कर्मचारीलाई ढुक्कले काम गर्न पनि निर्देशन दिए।  उक्त छलफलमा मन्त्रीहरू र केही विशिष्ट अधिकारीहरू पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन