८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लोकतन्त्रमा कसैका चाहनाले मुद्दा चल्दैन- गृहमन्त्री लेखक

१७ श्रावण २०८१, बिहीबार ०८:५८

साउन १७, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले 'सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता' विषय छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरुले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानून बेगर मुद्दा चल्न नसक्ने बताए ।

'फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नी, लोकतन्त्रमा मुद्दा कानून बेगर चल्छ ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ भन्ने मेरो आग्रह छ ।' उनेल भने- 'कुनै मुद्दा चलेको छ भने छटुन् पनि कानून बमोजिम छुट्छ । भन्ने मेरो आधारभुत मान्यता हो ।'


सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्र्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाई थियो । 'यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रद्धिवतदा व्यक्त गर्दछु ।' उनले भने– 'समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।'

त्यसैगरी प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए ।

'कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिले काँही सामान्यतया अवधी तोकेको हुन्छ । तर कहिले काही अवधी भन्दा पहिले पनि हुन्छ ।' मन्त्री लेखकले भने–  जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो, र योग्यतम ठाउँमा पुग्नु भएको छ । किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नी, प्रहरी राम्रो बनाउनु पर्यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?' उनले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रह समेत गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा