१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बिमस्टेकमा भाग लिन प्रधानमन्त्री ओली थाइल्यान्ड जाँदै, लगत्तै अमेरिका भ्रमण

१७ श्रावण २०८१, बिहीबार ११:४३

साउन १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो अर्को महिना थाइल्यान्ड र अमेरिकाको भ्रमण गर्ने भएका छन्।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सेप्टेम्बरमा थाइल्यान्डको बैंककमा हुने भएकाले त्यसमा सहभागिताका लागि प्रधानमन्त्री ओली जाने भएका हुन्।


भ्रमणको तयारी भइरहेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। भ्रमणलाई दुईपक्षीय बनाउने गरी तयारी भइरहेको पनि उनले जानकारी दिए।

सेप्टेम्बर ४ वा ५ मा शिखर सम्मेलन हुने गरी अनौपचारिक छलफल भइरहेको छ।

यसबीचमा आकस्मिकरूपमा अरू देशमा भ्रमण भएन भने प्रधानमन्त्रीको चौथो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्ड हुनेछ।

सेप्टेम्बर १० मा संयुक्त राष्ट्र संघको ७९ औँ महासभा हुँदै छ। थाइल्यान्ड भ्रमणलगत्तै प्रधानमन्त्री ओली अमेरिका जान सक्नेछन्।  

सेप्टेम्बर २४ देखि ३० सम्म महासभालाई सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सम्बोधन गर्ने तालिका छ। प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु