१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘मार्ग प्रशस्त गर्छु’ भन्दै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

१८ श्रावण २०८१, शुक्रबार १२:०४

साउन १८, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनामा दिएका हुन्।


'विश्वासको मत मेरो पक्षमा छ कि भनेर आएको हुँ। तर, मेरो पक्षमा विश्वासको मत छ जस्तो देखिएन। विपक्ष दलका नेताहरूले पनि मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आउनुभएको छ। म मार्ग प्रशस्त गर्दै राजीनामाको घोषणा गर्न चाहन्छु,' सम्बोधनका क्रममा उनले भने।

गत असार २० गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। उनले विश्वासको मत लिने अन्तिम दिन आज प्रदेशसभालाई सम्बोधन गर्दै मत विभाजनमा नगइ राजीनामा दिने घोषणा गरेका हुन्।

सुदूरपश्चिममा अब कांग्रेस नेतृत्वको सरकार बन्नेछ। त्यसका लागि कांग्रेसका नेताहरू मुख्यमन्त्री बन्न काठमाडौंमा दौडधूप गरिरहेका छन्। कांग्रेसले अझैसम्म मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेको छैन। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु