२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘मार्ग प्रशस्त गर्छु’ भन्दै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

२०८१, १८ श्रावण शुक्रबार १२:०४

साउन १८, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनामा दिएका हुन्।


'विश्वासको मत मेरो पक्षमा छ कि भनेर आएको हुँ। तर, मेरो पक्षमा विश्वासको मत छ जस्तो देखिएन। विपक्ष दलका नेताहरूले पनि मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आउनुभएको छ। म मार्ग प्रशस्त गर्दै राजीनामाको घोषणा गर्न चाहन्छु,' सम्बोधनका क्रममा उनले भने।

गत असार २० गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। उनले विश्वासको मत लिने अन्तिम दिन आज प्रदेशसभालाई सम्बोधन गर्दै मत विभाजनमा नगइ राजीनामा दिने घोषणा गरेका हुन्।

सुदूरपश्चिममा अब कांग्रेस नेतृत्वको सरकार बन्नेछ। त्यसका लागि कांग्रेसका नेताहरू मुख्यमन्त्री बन्न काठमाडौंमा दौडधूप गरिरहेका छन्। कांग्रेसले अझैसम्म मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेको छैन। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन