१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय दलका कार्यकर्ताले मलाई बाटो छेकेर तर्साए, दुर्व्यवहार गरे: सोविता गौतम

२१ श्रावण २०८१, सोमबार ०८:२५

साउन २१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूलाई अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेकी छन्। उनले प्रतिनिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै उनले यस्तो माग गरेकी हुन्। गौतमले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ-२ को कागेश्वरी मनोहरा नगरपालिकामा केही युवाले अभद्र व्यवहार गरेको बताइन्।
उनले आइतबार बाढीपहिरो प्रभावित क्षेत्र कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा मादक पदार्थ सेवन गरेका १५-१० जना युवाले आफूलाई घेरेर प्रश्न गरेको बताइन्।
उनले भनिन्, ‘चक्रव्यूहजस्तो गरेर जथाभाबी बोलेर मलाई घेर्न काम भयो। तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्द बोले।’ गौतमका अनुसार ती युवा गाँजा र रक्सीको नसामा थिए। उनले भनिन्, ‘ती युवा ममाथि दुर्व्यवहार गर्ने शैलीमा त्यहाँ प्रस्तुत भएका थिए।’ तीमध्ये एक युवा कुनै एउटा राष्ट्रिय दलको युवा संगठनको महत्त्वपूर्ण जिम्मेवारीमा रहेको दाबी गौतमको छ।
उनले भनिन्, ‘बाटो ढुकेर चौतारीमा कुरेर छोरी मान्छेलाई तर्साउने अभ्यास के अमर्यादित भएन र? के यो जंगली प्रकारको व्यवहार भएन र?सरकारले सुरक्षा चुनौतीका बारेमा सोच्ने कि नसोच्ने?’ अब आफू निर्वाचन क्षेत्रमा जाँदा कहाँकहाँ चौतारो छ, कहाँकहाँ खाली ठाउँ छ भनेर डराउनुपर्ने अवस्था आएको उनले बताइन्।
सांसद गौतम र केही युवाबीच विवाद भएको भिडियो क्लिप सामाजिक सञ्जालमा आइतबार सार्वजिनक भएको थियो। गौतमका अनुसार त्यो भिडियोमा विवाद भएको अन्त्यतिरको मात्रैको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु