४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यी युवाले गरेका थिए सांसद सोवितासँग दुर्व्यवहार, भिडियोमा के छ ?

२१ श्रावण २०८१, सोमबार ०९:३६

साउन २१, काठमाडौँ । सोविताले संसद्‍मा बोल्ने क्रममा आफूलाई एउटा राष्ट्रिय दलसम्वद्ध युवाहरूले दुर्व्यवहार गरेको जिकिर गरेकी छन् ।

उनले फेसबुक प्रोफाइल हेर्दा उक्त गलफत्तीको भिडियो, प्रोफाइल र कभर फोटोका आधारमा ती युवा राष्ट्रिय दलका सदस्य रहेको जिकिर गरेकी थिइन् ।

सोविताको दाबीअनुसार त्यो विवादका क्रममा नदेखिएका तर फेसबुकमा भिडियो अपलोड गरेका युवा हुन् सुदीप फुयाँल । उनी राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता रहेको फेसबुक प्रोफाइलले देखाउँछ ।

फुयाँलले प्रोफाइलमा राप्रपाको चुनाव चिह्न हलो काँधमा बोकेको फोटो राखेका छन् । त्यस्तै कभरमा अध्यक्ष लिङ्देनसँगको फोटो छ । तर सोवितासँगको विवादमा उनी पनि थिए भन्ने भिडियोले पुष्टि गर्दैन । यद्यपि सोविताले ५ देखि ७ मिनेट विवाद भएको र अपशब्द पनि प्रयोग भएको बताइरहँदा सुदीपले भने पूरै हेर्नुस् भनेर केबल १ मिनेट ५३ सेकेन्डको मात्रै भिडियो फेसबुक र युट्युबमा पनि हालेका छन् ।

उनले उक्त प्रकरणको भिडियोमा आफ्नै क्षेत्रका युवाहरूले समस्या राख्दा सोविता भागेको दाबी गरेका छन् । ‘आफ्नै क्षेत्रका युवाहरूले समस्या राख्दा यसरी तर्केर हिँडिन् काठमाडौं क्षेत्र नं २ की संघीय सांसद (सोविता गौतम)’, उनले उक्त घटनाबारे यति लेखेका छन् ।

सोविताले भने जस्तै स्थानीयबासीले उनलाई घेरेर प्रश्न गरेको भिडियोमा देखिन्छ । उनी आफूलाई घेरेका युवाहरूसँग सवाल-जवाफमा पनि उत्रिएकी छन् । उनले त्यही प्रसंगामा गाँजा खाएका र मदिराले मातेका युवाहरूले घेरेर दुर्व्यवहार गरेको उनले सोमबार बसेको संसद् बैठकमा बताइन् ।

यस्तो छ १ मिनेट ५३ सेकेन्डको सवाल-जवाफ

सोविता : म गएर कुरा गर्छु

युवा : तपाईं गएर आउनेसम्म कुर्नुपर्ने हामीले, तपाईंलाई माथि कसले पुर्‍याएको ?

सोविता : तपाईं एकछिन पख्नुस् म बोल्छु पहिले

यसैबीच भिडियो लिइरहेका युवातिर स्वकीय सचिव आउर भिडियो नखिच्न भन्छिन् ।र

युवा : अगाडि नजितुन्जेल हाम्रो लागि आउने भन्ने

अर्का युवा : होइन नि हामीले त नेतालाई पो गाली गरेको त, उहाँलाई होइन नि

अर्का युवा : त्यसो भए हामी केही बोल्दैनौँ, झन्डा बोकेर मात्रै हिँड्छौँ

अर्का युवक : हामी भोट मात्रै माग्न हिँडिदिन्छौँ (नमस्कार गर्दै)

सोविता : यस्तो कुराले देश बन्दै न क्या

युवा : पहिले गाउँ घर बनाउनुपर्‍यो हाम्रो ठाउँ बनाउनुपर्‍यो ।

युवा : तपाईंले त नम्र भएर बोल्नुपर्‍यो नि

सोविता : त्यो होइन गाउँ बनाउन घर बनाउन तपाईं हामी त बस्नुपर्‍यो

युवा : मूल कुरा पहिले त हामी राम्रो हुनुपर्‍यो नि

सोविता: तपाईंले यही अपेक्षा गलत गर्नु हुन्छ, तपाईंले ढुंगा हाने त मलाई नि लाग्छ नि । तपाईंहरूले मिठो बोल्नुपर्यो ।

युवा : मिठो बोलेर काम भएन नि, मिठो बोल्ने भए त केपीको समर्थन गरिजान्थ्यौँ नि, रेल ल्याउँछु भन्छन् के ल्याउँछु भन्छन् ।

अर्का युवा : हामीले तपाईंलाई भेट्न खोजेको हो नि !

सोविता : तपाईंहरूलाई शुभकामना छ साथीहरू, राम्रो गर्नु भयो (यति भनेर बाटो लाग्छिन्)

एकजना युवा : कतिजनालाई रोजगारी दिनु भयो म्याम तपाईं सांसद भएदेखि ?

सोविता : रोजगारी मैले…..

सोविताकी स्वकीय : तपाईंहरू अफिसमा आउनुस् न ।

आफूलाई दुर्वयवहार गरिएको भिडियो काटेर अन्तिमको सानाे क्लिप मात्रै सामाजिक सञ्जालमा अपलोड भएको भन्दै शुरुमा आफूमाथि दुर्व्यवहारको चक्रब्युह रचिएको र सुरक्षामा चुनौती महसुस भएको बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी