८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मैले कहिल्यै भ्रष्टाचार गरिनँ,‘चित्रगुप्त’को अदालतमा भन्न सक्छु: प्रधानमन्त्री ओली

२२ श्रावण २०८१, मंगलवार १०:५७

साउन २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार नसहने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

मंगलबार संघीय संसद्अन्तर्गत राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको आफ्नो पुरानो प्रतिबद्धता यथावत् रहेको बताए ।

‘मैले जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ, सहिनँ पनि, मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो’, ओलीले भने ।


राजनीतिक रूपमा कसैले लाञ्छित गर्न खोज्नु र हिलो छ्याप्ने प्रयास गर्नु बेग्लै भए पनि आफू कुनै भ्रष्टाचारका घटनामा संलग्न नरहेको ओलीले दाबी गरे ।

‘म दाबाका साथ भन्छु यो धर्तीका अदालतमा मात्रै होइन कि चित्रगुप्तका अगाडि पनि जवाफ दिन तयार छु’, ओलीले भने ।

ओलीले आफूलाई कुनै आर्जन गर्नु नभएको प्रष्ट पारे । ‘राज्यको सम्पत्ति, सार्वजनिक सम्पत्ति अपचलन गरेर आफ्नो बनाउनु छैन, त्यो मेरो नैतिकताले पनि दिँदैन, मलाई आवश्यक पनि छैन, त्यो मेरो सोच पनि होइन’, उनले भने ।

सामाजिक सञ्जालमा कसले कहाँ गाली गर्‍यो, कसले मुख छाड्यो त्यसको पछि लाग्न नसकिने ओलीले बताउनुभयो । मैले भ्रष्टाचार गरिनँ, गर्न कसैलाई इजाजत पनि दिएको छैन, कहिले कहिले मेरो बुताभन्दा बाहिर, मेरो जानकारी भन्दा बाहिर अरूले गरेका कुरा रोक्न नसकिएको होला तर गर्न दिएको होइन, म स्पष्ट गराउन चाहन्छु, फेरि पनि मेरो प्रतिबद्धता, दृढ प्रतिबद्धता छ– म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, जो कोही होस्’ ओलीले भने ।

उनले भ्रष्टाचारको मामलामा कसैको अनुहार नहेरी कडा रूपमा अघि बढ्ने बताए । यो प्रचारबाजीको लागि नभएर स्थिति र अवस्थामा सुधार ल्याउन गरिएको प्रतिबद्धता भएको उनले प्रष्ट पारे । आफूले देशको लागि काम गर्न अहिलेको सरकारको नेतृत्व गरेको ओलीले बताए ।

नीतिबिना भएका कामलाई नीतिमा ल्याउन आवश्यक भएको बताए । नीति नहुँदा पनि व्यवहार चल्ने भए पनि त्यसलाई क्रमशः कानुन बनाएर थिति विधिमा ल्याउनु पर्ने उनले बताए ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्ति नभएको पनि प्रष्ट पारे। निजामती सेवामा स्वछ भनेर मानिएका मानिसहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आउने उनले बताए ।

कसैलाई धित नमरेको हुन सक्ने भए पनि संसदीय सुनवाइ समितिले राम्रो काम गरेको ओलीले बताए । कतिपय न्यायाधीश र संवैधानिक आयोगका सदस्य बन्न लागेका मानिसहरूलाई समेत सुनुवाइ समितिले रोकेको उनले उदाहरण दिए ।

ओलीले आफू हरेक सच्चिनु पर्ने र अरूलाई पनि सच्याउनु पर्ने बताए । आफ्नो लागि अलग कानुन र अरूको लागि अलग कानुनको कल्पना गर्न नहुने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च