१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आफ्नै छोराहरूलाई यातना दिएको आरोपमा बुबा पक्राउ

२५ श्रावण २०८१, शुक्रबार ११:१८

साउन २५,  काठमाडौं | ओखलढुंगामा आफ्नै छोराहरुलाई चरम यातना दिएको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ का ४३ वर्षिय फुरिञ्जी शेर्पाले छोराहरुलाई चरम यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

शेर्पाले आफ्नै चार र छ वर्षिय छोरालाई अमानविय चरम यातना दिने गरेको स्थानियले बताएका छन् । गाउँ देखी एकान्तमा घर भएको शेर्पाले लामो समय देखी छोराहरुलाई यातना दिने गरेको रहस्य बाहिरिएको छ ।

शेर्पाले छोराहरुलाई कुटपिट गर्नुका साथै खर्कुडोमा हाली पानी सँगै उमाल्ने, डोरीले बाधेँर उधो मुन्टो पारेर झुण्ड्याउने गरेको भिडियो सार्वजनिक भएको छ । 


शेर्पाकी श्रीमती रोजगारीका लागि अहिले साईप्रसमा छिन् । नेपालमा हुँदा आफुलाई पनि कुटपिट र यातना दिने गरेको शेर्पाकी श्रीमती छोटी शेर्पाले बताईन् । आफुलाई रिस देखाउन छोराहरुलाई यातना दिएर भिडियो खिचेर पठाउने गरेको र मानसिक तनाव दिने गरेको साईप्रसबाट शेर्पाले बताएकी छन् ।

शेर्पाले श्रीमान विरुद्ध कडा कारबाहिको माग गरेकी छिन् । शेर्पाका चार सन्तान मध्ये करिब नौ वर्ष देखी एउटा बच्चा वेपत्ता रहेको स्थानियले बताएका छन् ।

शेर्पाले छोराहरुलाई चरम यातना दिएको वडा अध्यक्ष ङवाङफुरी शेर्पाले पुष्टि गरेका छन् । वडाको समन्वयमा शेर्पालाई प्रहरीको जिम्मा लगाईएको र छोराहरुको उद्धार गरि स्वास्थ्य परिक्षण गराइएको वडा अध्यक्ष शेर्पाले जानकारी दिएका छन ।  

आफ्नै सन्तानलाई चरम यातना दिएको आरोपमा शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिएका छ्न  ।  घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु