२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आफ्नै छोराहरूलाई यातना दिएको आरोपमा बुबा पक्राउ

२०८१, २५ श्रावण शुक्रबार ११:१८

साउन २५,  काठमाडौं | ओखलढुंगामा आफ्नै छोराहरुलाई चरम यातना दिएको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ का ४३ वर्षिय फुरिञ्जी शेर्पाले छोराहरुलाई चरम यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

शेर्पाले आफ्नै चार र छ वर्षिय छोरालाई अमानविय चरम यातना दिने गरेको स्थानियले बताएका छन् । गाउँ देखी एकान्तमा घर भएको शेर्पाले लामो समय देखी छोराहरुलाई यातना दिने गरेको रहस्य बाहिरिएको छ ।

शेर्पाले छोराहरुलाई कुटपिट गर्नुका साथै खर्कुडोमा हाली पानी सँगै उमाल्ने, डोरीले बाधेँर उधो मुन्टो पारेर झुण्ड्याउने गरेको भिडियो सार्वजनिक भएको छ । 


शेर्पाकी श्रीमती रोजगारीका लागि अहिले साईप्रसमा छिन् । नेपालमा हुँदा आफुलाई पनि कुटपिट र यातना दिने गरेको शेर्पाकी श्रीमती छोटी शेर्पाले बताईन् । आफुलाई रिस देखाउन छोराहरुलाई यातना दिएर भिडियो खिचेर पठाउने गरेको र मानसिक तनाव दिने गरेको साईप्रसबाट शेर्पाले बताएकी छन् ।

शेर्पाले श्रीमान विरुद्ध कडा कारबाहिको माग गरेकी छिन् । शेर्पाका चार सन्तान मध्ये करिब नौ वर्ष देखी एउटा बच्चा वेपत्ता रहेको स्थानियले बताएका छन् ।

शेर्पाले छोराहरुलाई चरम यातना दिएको वडा अध्यक्ष ङवाङफुरी शेर्पाले पुष्टि गरेका छन् । वडाको समन्वयमा शेर्पालाई प्रहरीको जिम्मा लगाईएको र छोराहरुको उद्धार गरि स्वास्थ्य परिक्षण गराइएको वडा अध्यक्ष शेर्पाले जानकारी दिएका छन ।  

आफ्नै सन्तानलाई चरम यातना दिएको आरोपमा शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिएका छ्न  ।  घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन