साउन २७, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, प्रतिपक्षको भूमिका, पार्टीको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ ।
त्यस्तै,बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने एक नेताले बताए ।