७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दिगो विकासका लागि निरपेक्ष गरिबीको अन्त्य गरिनुपर्छ : प्रधानमन्त्री ओली

२९ श्रावण २०८१, मंगलवार १२:३३

साउन २९, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो विकास लक्ष प्राप्त गर्न निरपेक्ष गरिबीको रेखामुनी रहेका जनतालाई त्यहाँबाट मुक्त गर्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरपेक्ष गरिबीको रेखामुनीबाट जनतालाई माथि उठाउन सकिएन भने दिगो विकास लक्ष पुरा हुन नसक्ने बताए। देशमा अहिले पनि २० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनी उनले बताए।

वर्षको दुई प्रतिशतका दरले गरिबी न्यूनीकरण गर्न सकिएन भने १० वर्षमा पनि नेपालमा गरिबी निवारण गर्न नसकिने उनले बताए। त्यसैले नेपालमा गरिबी निवारण गम्भीर प्रश्नको रूपमा रहेको उनको धारणा छ। 


भविष्यको सुरक्षाको लागि वातावरणीय सुरक्षा त्यतिकै महत्त्वपूर्ण हुने उनले बताए। पृथ्वीलाई बाँच्न सक्ने धर्तीको रूपमा निरन्तरता दिनुपर्नेमा ओलीले जोड दिए। ‘हिमालको महत्त्व वातावरणीय प्रश्नमा असाधारण छ, यो कुरा हामीले दुनियाँलाई बताउनु पर्दछ, कि हिमालबाट, कि समुन्द्रबाट वातावरण निर्माण हुन्छ’, ओलीले भने। 

त्यस्तै खाद्य सुरक्षालाई धान नदिने हो भने गम्भीर अवस्था सिर्जना हुने उनले बताए। नेपाल जस्तो उर्वर देश बाँझो बन्नु निक्कै जोखिमपूर्ण रहेको बताउँदै उनले यस्ता कुरामा ध्यान दिनु पर्नेमा स्पष्ट पारे।

नेपालका कुनै पनि बालबालिका सडकमा हुनुहुँदैन भनेर आफूले पहिला पनि घोषणा गरेको स्मरण गराउँदै ओलीले एक वर्षभित्र नेपालमा कुनै पनि बालबालिका सडकमा नहुने प्रष्ट पारे। त्यसको जिम्मा सरकारले लिने उनले बताए। 

युवालाई आयआर्जनसँग जोड्न आवश्यक रहेको ओलीले बताए। यसका लागि युवालाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको उनको भनाई । यो कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकारले सोचिरहेको ओलीले जानकारी दिए। साना उद्योगमा युवालाई जोडेर विकासको लहर ल्याउन सकिने उनले धारणा राखे। 

केही युवा रहरले बाहिर गएका भए पनि धेरै युवाहरू देशमा असहज अवस्था भएकै कारण बाहिर गएका ओलीले बताए। त्यसलाई रोक्न नसक्ने हो भने देश युवाविहीन बन्ने अवस्था आउने ओलीको धारणा छ। 

देशमा जनसङ्ख्या वृद्धिदर घट्नु अर्को जोखिमको सङ्केत भएको ओलीले बताए। ‘धेरै ढिलोमा पनि ५० वर्ष पछि ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै छ’, ओलीले भने। 

उमेर भएका युवा युवती विदेश बस्नाले पनि जनसङ्ख्या घट्दै गएको ओलीले बताए। उनले २०/३० वर्षबीचको उमेरमा नै विवाह गर्न र चाँडो बच्चा जन्माउन युवालाई सुझाव दिए। भविष्य बनाउनको लागि बहकिएर होइन यथार्थमा आउन ओलीले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने