१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आयुर्वेद सुधारबारे स्वास्थ्य मन्त्री पौडेलको कर्मचारीसँग छलफल

२१ भाद्र २०८१, शुक्रबार ११:०८

भदौ २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन १ हप्ताभित्र प्रष्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीहरुलाई भनेका छन् ।

मन्त्रालयमा आयोजित आयुर्वेद सम्बद्ध अधिकारीहरुसँगको बैठकमा बोल्दै मन्त्री पौडेलले तत्काल स्रोत थप्न सकिने अवस्था नरहेको भन्दै मौजुदा अवस्थामै सुधार गर्न सकिने योजनासाथ आउन आग्रह गरे ।

‘सेवा सुधारका लागि आवश्यक नीतिगत व्यवस्था गर्न हामी तयार छौं,’ उनले भने, ‘१ हप्ताभित्र प्रष्ट योजना लिएर आउनुहोला । द्रुत गतिमा सुधार ल्याउने गरी काम गरौं । म साथ दिन तयार छु ।’

उनले स्रोतको मितव्ययी सदुपयोग गर्नका लागि समेत आग्रह गरे । 

मन्त्री पौडेलले आयुर्वेद उपचारले सान्दर्भिकता गुमाएको जस्तो देखिने भन्दै सुधार गर्न नसकिए पद ओगटेर बस्न नहुने बताए । ‘सकेसम्म सुधार गरौं,’ उनले भने, ‘तर डुबाउने गरी (पदमा) नबसौं ।’

देशमा आयुर्वेदबारे पर्याप्त अध्ययन अनुसन्धान समेत नभएको रिसर्च सेन्टर छैन आयुर्वेद क्षेत्रमा भारतले गरेको प्रगतिबाट समेत सिकेर सुधार गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का