२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालेनलक्षित प्रधानमन्त्रीको टिप्पणी- नीति छैन तर, अहङ्कार देखाउनुपरेको छ

२०८१, २४ भाद्र सोमबार ०७:०४

भदौ २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई फोहोरी बनाउन नदिने बताएका छन् । सोमबार गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

“हामी समाजलाई फोहोरी बनाउन चाहँदैनौँ । हाम्रो त उच्चस्तरीय संस्कृति हो । हाम्रो संस्कृति भनेको गाउने, नाच्ने, दुखीहरूलाई सहयोग गर्ने हो,” प्रधानमन्त्री ओलीले भने, “हामी समाजलाई फोहोरी बनाउन दिँदैनौँ । हामी आफू पनि गर्दैनौँ ।”

उनले समाजबारे कहिल्यै नसोचेकाहरूबाट देश कहिल्यै नबन्ने बताए । तर, उनीहरू नै बढी कराइरहेको उल्लेख गर्दै उनले भने, “आफ्नो अहङ्कार देखाउने, घमण्ड देखाउनेबाट देश बन्दैन । नीति छैन, कार्यक्रम छैन तर, उसैलाई अहङ्कार देखाउनुपरेको छ । यसरी पार लाग्दैन ।”

प्रधानमन्त्री ओलीले उपत्यकाभित्रका नदी किनार विवादमा समाधान निस्किनेमा विश्वस्त हुन आग्रह गरे । सर्वोच्च अदालतमा चाँडै भ्याकेट निवेदन पुग्ने उल्लेख गर्दै उनले भने, “सम्माननीय अदालतले त्यसमाथि पुनर्विचार गर्ला । म तपाईंहरूलाई ढुक्कसँग रहन आग्रह गर्छु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन