१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालेनलक्षित प्रधानमन्त्रीको टिप्पणी- नीति छैन तर, अहङ्कार देखाउनुपरेको छ

२४ भाद्र २०८१, सोमबार ०७:०४

भदौ २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई फोहोरी बनाउन नदिने बताएका छन् । सोमबार गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

“हामी समाजलाई फोहोरी बनाउन चाहँदैनौँ । हाम्रो त उच्चस्तरीय संस्कृति हो । हाम्रो संस्कृति भनेको गाउने, नाच्ने, दुखीहरूलाई सहयोग गर्ने हो,” प्रधानमन्त्री ओलीले भने, “हामी समाजलाई फोहोरी बनाउन दिँदैनौँ । हामी आफू पनि गर्दैनौँ ।”

उनले समाजबारे कहिल्यै नसोचेकाहरूबाट देश कहिल्यै नबन्ने बताए । तर, उनीहरू नै बढी कराइरहेको उल्लेख गर्दै उनले भने, “आफ्नो अहङ्कार देखाउने, घमण्ड देखाउनेबाट देश बन्दैन । नीति छैन, कार्यक्रम छैन तर, उसैलाई अहङ्कार देखाउनुपरेको छ । यसरी पार लाग्दैन ।”

प्रधानमन्त्री ओलीले उपत्यकाभित्रका नदी किनार विवादमा समाधान निस्किनेमा विश्वस्त हुन आग्रह गरे । सर्वोच्च अदालतमा चाँडै भ्याकेट निवेदन पुग्ने उल्लेख गर्दै उनले भने, “सम्माननीय अदालतले त्यसमाथि पुनर्विचार गर्ला । म तपाईंहरूलाई ढुक्कसँग रहन आग्रह गर्छु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का