१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आयो: रवि लामिछाने

२४ भाद्र २०८१, सोमबार ०८:३७

भदौ २४,  धनगढी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरे पनि आफ्नो संलग्नता नभएको स्पष्ट पारेका छन्। धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, "गोर्खा मिडियामा सहकारीबाट गलत तरिकाले रकम आएको स्थापित भएको छ, तर त्यसमा मेरो कुनै संलग्नता छैन।"

लामिछानेले आफू गोर्खा मिडियासँग आवद्ध भए पनि अरूले गरेको अनियमितताका लागि आफू जिम्मेवार हुन नपर्ने दाबी गरे। "प्रहरी अनुसन्धानले कसले बद्मासी गर्‍यो भनेर पहिल्याइसकेको छ, तर त्यसमा मेरो कुनै सहभागिता छैन भन्ने कुरा महत्वपूर्ण छ," उनले थपे। "यदि मैले लाभ लिएको भए मात्र मेरो संलग्नता ठहरिने थियो।"

उनले सहकारी प्रकरणबारे संसद्को छानबिन समितिले न्यायोचित छानबिन गर्दै समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे। लाखौं मानिसहरू सहकारी प्रणालीबाट पीडित रहेको उल्लेख गर्दै उनले भने, "यस समितिको प्रतिवेदनले सहकारी समस्याको समाधानमा ठोस कदम चाल्न मद्दत गर्नेछ।"

गोर्खा मिडिया लगायतका संस्थामा सहकारीको रकम अनियमित ढंगले गएको पुष्टि भए पनि लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै उक्त विषयमा थप अनुसन्धानको आवश्यकता रहेको औंल्याए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का