२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आयो: रवि लामिछाने

२०८१, २४ भाद्र सोमबार ०८:३७

भदौ २४,  धनगढी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरे पनि आफ्नो संलग्नता नभएको स्पष्ट पारेका छन्। धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, "गोर्खा मिडियामा सहकारीबाट गलत तरिकाले रकम आएको स्थापित भएको छ, तर त्यसमा मेरो कुनै संलग्नता छैन।"

लामिछानेले आफू गोर्खा मिडियासँग आवद्ध भए पनि अरूले गरेको अनियमितताका लागि आफू जिम्मेवार हुन नपर्ने दाबी गरे। "प्रहरी अनुसन्धानले कसले बद्मासी गर्‍यो भनेर पहिल्याइसकेको छ, तर त्यसमा मेरो कुनै सहभागिता छैन भन्ने कुरा महत्वपूर्ण छ," उनले थपे। "यदि मैले लाभ लिएको भए मात्र मेरो संलग्नता ठहरिने थियो।"

उनले सहकारी प्रकरणबारे संसद्को छानबिन समितिले न्यायोचित छानबिन गर्दै समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे। लाखौं मानिसहरू सहकारी प्रणालीबाट पीडित रहेको उल्लेख गर्दै उनले भने, "यस समितिको प्रतिवेदनले सहकारी समस्याको समाधानमा ठोस कदम चाल्न मद्दत गर्नेछ।"

गोर्खा मिडिया लगायतका संस्थामा सहकारीको रकम अनियमित ढंगले गएको पुष्टि भए पनि लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै उक्त विषयमा थप अनुसन्धानको आवश्यकता रहेको औंल्याए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन