१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुमना भन्छिन्- प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठ्यो

२४ भाद्र २०८१, सोमबार ०९:०३

भदौ २४,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको दिक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले ओली शासनमा विद्यार्थीहरुले दिक्षान्त समारोहमा कहिले भाग लिन पाउछन् भन्दै सरकारले शिक्षा क्षेत्रलाई राजनीतिकरण गरेर अस्तव्यस्त बनाएको आरोप लगाएकी छन् । 


उनले भनिन्- 'कृषि तथा वन विज्ञान विश्व विद्यालयमा ११ दिन भयो जाँच नभएको । चलिरहेको जाँच बन्द हुदा १४ सयभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । अब चार बर्षमा सकिने स्नातक तह कति बर्षमा सकिने हो ? विश्वविधालय पठन पाठनको क्षेत्र कम पार्टीहरुको पार्टी प्यालेस बढी हुन थालेको छ । एउटा प्रमको पार्टी र एउटा गृहमन्त्रीको पार्टी, दुईवटा विद्यार्थी संगठनको लडाईमा पढ्छु भन्ने विद्यार्थीले जाँच पनि दिन नपाउने, विद्यार्थीहरुलाई हामीले के गर्न सिकाउदै छौं । न पढ्न दिन्छौं, पढेर जेन तेन जाँच दिन पनि दिन व्यवस्था मिलाउदैनौं, त्यसपछि दिक्षान्त समारोह पनि रोकिदिन्छौं ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार दिक्षान्त नै रोकियो । मलाई त प्रधानमन्त्री कार्य क्षमतामा पटक पटक प्रश्न उठिरहेको छ । विद्यार्थीको जीवनमा यस्ता जाँचमा खेलवाड नगरियोस् । बरु राणा शासनमा एउटा विद्यालय खोलियो भनेर भन्छन् तर ओली शासनमा इतिहासले कसरी लेख्छ, त्यो हेर्न बाँकी छ । यो ओली शासनमा कृषि विद्यालयका विद्यार्थीको जाँच कहिलेदेखि हुन्छ ? कर्णालीका विद्यार्थीको दिक्षान्त समारोह कहिले हुन्छ ?'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का