१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसले भन्यो- उपसभामुखले गर्नै नहुने काम गर्नुभयो, राजीनामा दिनुपर्छ

२६ भाद्र २०८१, बुधबार ०७:४७

भदौ २६, काठमाडौँ । नेपाली कांग्रेसलले उपसभामुख इन्दिरा रानाले गर्नै नहुने काम गरेको निष्कर्ष निकालेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले उपसभामुख रानालाई राजीनामा गर्न आग्रह गरेको छ । बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, “उपसभामुखले गर्नै नहुने काम गर्नुभयो । उहाँको कदमले देशकै शिर झुकाएको छ । उहाँको सचिवालयमार्फत परराष्ट्र हुँदै हुनुपर्ने काम उहाँ आफैँले गर्नुभयो । यो गम्भीर कुरा हो । उहाँले राजीनामा दिनुपर्छ । सबै प्रक्रियामा जानुभन्दा उहाँ आफैँले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ ।”


घिमिरेले यही कांग्रेसको संस्थागत धारणा भएको बताए । “अब हाम्रो संसदीय दलको बैठक पनि बस्दैछ । गठबन्धनको बैठक पनि बस्दैछ । त्यहाँ साझा धारणा बन्छ, त्यहीअनुसार हामी अगाडि बढ्छौँ,” उनले भने, “तर, उहाँको कदमले संसद्कै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ ।”

घिमिरेले बैठकले उपसभापति धनराज गुरुङ दोषी देखिए सजाय भोग्नुपर्ने निष्कर्ष निकालेको बताए । “उहाँ दोषी हो भने सजाय भोग्नुपर्छ । अन्यथा सम्बन्धविच्छेद नक्कली वा सक्कली भनेर बहस गर्न पाइँदैन,” उनले भने, “उहाँ आफैँले पनि ममाथि छानबिन होस् भनेर भनिसक्नुभएको छ ।”

उनले पार्टी उपसभापति गुरुङमाथि छानबिन गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का