२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसले असोज ३ गतेसम्म काठमाडौँ नछोड्न दियो सांसदलाई निर्देशन

२०८१, २७ भाद्र बिहीबार ०२:५६

भदौ २७, काठमाडौं । नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौँ नछोड्न पार्टीको निर्देशन पठाएका हुन् । केही महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर पार्टीले यस्तो निर्देशन जारी गरेको बताइएको छ । तर, सत्तारुढ दलहरुले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेकाले सो निर्देशन गरिएको बुझिएको छ । उपसभामुख रानालाई हटाउने विषयमा अहिले सत्तारुढ दल कांग्रेस–एमालेमा व्यापक छलफल भइरहेको छ ।

यस अघि बुधबार बसेको पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुख रानाले पदको गरिमा जोगाउन नसकेको निष्कर्ष निकालेको थियो । राजीनामा दिएर मार्ग प्रशस्त नगरे हटाउने तयारीमा सत्तारुढ दलहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल