२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पूजाको प्रसाद खाएर बिरामी पर्नेको सङ्ख्या ७३ पुग्यो, बिरामीमा के देखियो लक्षण ?

२०८१, २७ भाद्र बिहीबार ०७:१२

भदौ २७, झापा । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या बढेको छ । हालसम्म बिरामीको सङ्ख्या ७३ जना पुगेको नगरस्थित शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजविक्रम खड्काले जनाएका छन् । 

बुधबार अर्जुनधारा–९ की रिता निरौलाको घरमा पूजा आयोजना भएको थियो । सो पूजामा प्रसाद खाने उनीहरू बिरामी परेका हुन् । स्थानीय खरबन्दी गाउँमा प्रसाद खाएका सबै जना बिरामी भएको अर्जुनधारा नगरपालिकाका मेयर बलदेबसिंह गोम्देन तामाङ जानकारी दिए ।


बिरामी भएकामध्ये ६६ जनाको शनिश्चरे आधारभूत अस्पताल, बीएण्डसी अस्पतालमा चार जना र मनमोहन अस्पतालमा तीन जनाको उपचार भइरहेको खड्काले बताए । उनले बुधबार उपचार गराएर गएका पनि फेरि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएको बताए ।

पूजामा सब्जी, रोटी र अचार खाएका अधिकांश बिरामी परेको बताइएको छ । सुरुमा वाक वाक लाग्ने, वान्ता हुने तथा लगातार डायरीया हुने समस्याले सताएपछि प्रसाद खाएका बिरामीहरू अस्पतालमा भर्ना भएका हुन् । केही बिरामीहरूमा ज्वरो १०४ डिग्रीसम्म देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

शनिश्चरे आधारभूत अस्पतालमा बेड अभावमा बार्दली, प्यासेज लगायतका स्थानमा राखेर बिरामीको उपचार भइरहेको जनाइएको छ । अस्पतालले सम्पूर्ण स्रोत साधन प्रयोग गरेर बिरामीको उपचार गरिरहेको नगरप्रमुख गोम्देनले जानकारी दिए । उनीहरूमा फुड पोइजन भएको डाक्टरहरूले अनुमान गरेका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल