२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ, फार्मेसीबाट लागु औषध बिक्री गरेको खुलासा

२०८१, २८ भाद्र शुक्रबार ०६:३८

भदौ २८, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, कास्कीले साउन ३ गते पक्राउ गरेका २ जना लागु औषध प्रयोगकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ गैरकानुनी कारोबारको खुलासा गरिदिएका छन्। 

लागु औषधसहित पक्राउ परेका पोखरा, लामागाउँका ३८ वर्षीय सुभाष श्रेष्ठ र रोल्पाको त्रिवेणी गाउँपालिका-७ स्थायी घर भई हाल पोखरा, नालामुख बस्ने ४२ वर्षीय प्रकाश थापा मगरले पोखराकै पृथ्वीचोकस्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएका थिए। उक्त फार्मेसी पोखरा महानगरपालिका-२४ का ४८ वर्षीय ढाकाकुमार श्रेष्ठको हो। श्रेष्ठ रास्वपाका पूर्वसांसद हुन्।

ढाकाकुमारले लागु औषध बेच्ने गरेको जानकारी पाएपछि थप अनुसन्धान गरेर बिहीबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी मोहन थापाले बताए। 


प्रहरीले सुभाष श्रेष्ठको साथबाट ९५० चक्की लागु औषध टपेन्टाडोल र प्रकाशको साथबाट ९७ चक्की बरामद गरेको थियो। उनीहरु दुवै जनालाई कास्की प्रहरीले पोखराकै बाग्लुङ बसपार्कबाट साउन ३ गते पक्राउ गरेको थियो। अहिले पनि दुई जनामाथि नै अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको थापाले बताए। 

बरामद लागु औषध कहाँबाट किनेको भन्दै प्रहरीले सोधखोज गर्दा उनीहरुले ढाकाकुमार श्रेष्ठको फार्मेसीबाट खरिद गरेको खुलाएका हुन्।  श्रेष्ठले पनि आफूले उक्त लागु औषध बिक्री गर्ने गरेको पुष्टि गरेका छन्। बिहीबार पक्राउ परेपछि श्रेष्ठले प्रहरीसँग आफूले पछिल्लो समय बेच्न छाडेको तर पहिले भने बेच्ने गरेको बताएका छन्। 

‘पहिलेचाहिँ बेच्थेँ, अहिले बेचेको छैन भन्नुभएको छ। तर उहाँले बेचेको मिति प्रतिबन्ध भएपछिकै पुष्टि हुन्छ’, एसपी थापाले भने।  लागु औषध प्रयोगकर्ताहरुले पक्राउ परेको १० दिनअघि श्रेष्ठको फार्मेसीबाट खरिद गरेको बताएका छन्। सरकारले बिक्री गर्न प्रतिबन्ध लगाएपछि उक्त औषधी फाल्नुपर्नेमा श्रेष्ठले दुरुपयोग गरेको प्रहरीको भनाइ छ।

डाक्टरको अनुमतिमा मात्रै बिक्री हुने गरेको यो औषधी लागु औषध प्रयोगकर्ताले सेवन गरेको पाइएपछि सरकारले गत जेठमा प्रतिबन्ध लगाएको थियो।  सरकारले प्रतिबन्ध लगाएपछि कास्की प्रहरीले उक्त औषधी बिक्री वितरण गर्नेको निगरानी बढाएको थियो। त्यही क्रममा यसअघि अरुलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

श्रेष्ठको फार्मेसीबाट पहिलेदेखि नै यस्तो प्रतिबन्धित औषधि बेचबिखन भइरहेको गुनासो पनि आएको प्रहरीको भनाइ छ। त्यसपछि अनुसन्धान गर्दै प्रहरीले पक्राउ पुर्जी लिएर बिहीबार नियन्त्रणमा लिएको हो।

अब शुक्रबार म्याद थपका लागि अदालत लैजाने र अनुसन्धान अगाडि बढाउने पनि एसपी थापाले बताए।  ढाकाकुरमा रास्वपाका समानुपातिक प्रणालीबाट निर्वाचित सांसद थिए। उनले विवादास्पद व्यवसायी दुर्गा प्रसाईँसँग रकम माग गरेको टेप बाहिरिएपछि रास्वपाले निष्कासन गरेको थियो। मन्त्री बन्नका लागि पार्टी नेतृत्वको कोर टिमलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै उनले दुर्गा प्रसाईँसँग मोलमोलाइ गरेको टेपमा सुनिन्थ्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल