२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

धनराजले सहकारीको ८१ लाख ऋण तिरेको खुलासा

२८ भाद्र २०८१, शुक्रबार ०९:२७

भदौ २८, ललितपुर | महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभसँग जोडिएको १४ करोड रुपैयाँभन्दा बढीको हिनामिनाको विवादमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ८१ लाख रुपैयाँ ऋण तिरेको खुलासा भएको छ। सहकारीका अध्यक्ष कुम्भराज गुरुङका अनुसार, धनराजले गत जेठ ६ गते आफ्नो नाममा रहेको ऋणको यो परिमाण तिरेका हुन्।

धनराज गुरुङले लामो समयदेखि सहकारीमा आफू संलग्न नभएको र सारा ऋण पूर्वपत्नी ज्योति गुरुङले लिएको दाबी गर्दै आएका थिए। तर, कुम्भराजले सार्वजनिक गरेको भौचरअनुसार धनराजकै नाममा ८१ लाख रुपैयाँ सहकारीमा फिर्ता गरेको पुष्टि भएको छ।


 कुम्भराज गुरुङले आफ्नो सहकारीबाट धनराज दम्पतीले करिब १४ करोड रुपैयाँ लगे पनि उनी र उनकी श्रीमती ज्योति अहिले सम्पर्कविहीन भएको आरोप लगाएका छन् । धनराजले साढे ४ वर्षअघि नै सम्बन्ध विच्छेद गरिसकेकी श्रीमतीले ऋण लिएको जिकिर गरिरहे पनि शुक्रबार कुम्भराजले गत वैशाख र जेठमा सहकारीकाे खातामा ८१ लाख रुपैयाँ  धनराजले पठाएको दाबी गरेका हुन् ।

‘उहाँकी श्रीमतीलाई मैले विदेश पठाएको आरोप पनि मलाई लगाएका रहेछन्, नाटक गरिरहेका छन्’, उनले भने, ‘८२ वर्षको भएँ, अब स्वर्ग जानेबेला भएको बुढो मान्छेले किन ढाँट्नु । ज्योति र धनराज मिलेर मलाई फसाए, सहकारी पनि डुबाए ’उनले भने।

सहकारीमा ठगीसम्बन्धी छानबिनका लागि गठन भएको संसदीय समितिमा कुम्भराजले धनराजले सहकारीको केही रकम फिर्ता गरे पनि अझै ठूलो परिमाणको ऋण बाँकी रहेको जानकारी गराएका छन्। कुम्भराजले न्यायका लागि संसदीय समितिमा उजुरी दिँदै सहकारीबाट अपचलन भएको सम्पूर्ण रकम फिर्ता हुनुपर्ने माग गरेका छन्।

धनराजले भने आफूलाई घटनाको कुनै जानकारी नभएको बताउँदै आएका छन्, तर सहकारी अध्यक्ष कुम्भराजले यो आरोपलाई अस्वीकार गर्दै धनराजको भूमिका रहेको जिकिर गरेका छन्।

कुम्भराजले धनराज र ज्योति गुरुङसहित पाँच जनाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिएका छन्, जसमा सहकारीको १४ करोड रुपैयाँ हिनामिना गरिएको आरोप लगाइएको छ। कुम्भराजकोतर्फबाट मितेरीका सचिव बोधविक्रम थापाले जाहेरी हालेका थिए । थापाले कांग्रेस उपसभापति धनराज गुरुङ पत्नी ज्योतिसहित ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध जाहेरी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव