प्रेम सुनार । कात्तिक १९, गुल्मी ।  गुल्मी जिल्लामा गठित कार्यदलले चन्द्रकोट गाउँ पालिका बनाउने र त्यसको केन्द्र शान्तिपुरमा बनाउने गरेको प्रस्तावलाई त्यस भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । कात्तिक १९, गुल्मी ।  गुल्मी जिल्लामा गठित कार्यदलले चन्द्रकोट गाउँ पालिका बनाउने र त्यसको केन्द्र शान्तिपुरमा बनाउने गरेको प्रस्तावलाई त्यस भ"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको चन्द्रकोट गाउँपालिकाको प्रस्तावलाई शान्तिपुरमा स्वागत

१९ कार्तिक २०७३, शुक्रबार १४:४१

प्रेम सुनार । कात्तिक १९, गुल्मी ।  गुल्मी जिल्लामा गठित कार्यदलले चन्द्रकोट गाउँ पालिका बनाउने र त्यसको केन्द्र शान्तिपुरमा बनाउने गरेको प्रस्तावलाई त्यस भेगका ६ वटै गाविसवासीले आज शान्तिपुरमा भेला भएर स्वागत गरेका छन् ।

शान्तिपुर, हरेवा, ग्वाघा, हर्राचौर, विशुखर्क र दिव्रुङ्गका सवै दलका नेता, शिक्षक वुद्धिजिवी, हरेक गाविसका निर्वतमान पदाधिकारी, नागरिक समाज, महिला समुह, त्यस भेगका सवै युवा क्लव र  सर्व साधरण समेत एकै थलो शान्तिपुरमा भेला भई  स्वागत गरेका हुन् । उनिहरुले कार्यदलले  ऐतिहाँसिक पक्षलाई समेत सम्वोधन गर्दै यहाँका सवै भुगोललाई पायक पर्ने गरी निकै वैज्ञानिक ढंगले केन्द्र तोकेको र नामकरण पनि यहाँका जनचताको भावनालाई आत्मासात गरी गरेको भन्दै कार्यदललाई विशेष आभार प्रकट समेत गरेका छन् ।

उनिहरुले एकै साथ एक विज्ञप्ती प्रकाषित गरी चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा केन्द्र तोकेको प्रति स्वागत गर्दै  कतिपय गाविासका सिमित व्याक्तिको  निहित स्वार्थ पुरा गर्न चन्द्रकोटमा समाहित गरिएका गाविसलाई प्रयोग गर्न खोज्नेहरुलाई  जस्तो सुकै कदम चाल्न पनि यस अन्तर्गतका जनता  तयार रहेको चेतवानी समेत दिएका छन् ।

यस्तो चेतवानी र कार्यदलको निर्णयलाई स्वागत गरिएको विज्ञप्तीमा शातिपुरबाट नेपाली कांग्रेसका प्रतिनिधी यमबहादुर थापा, नेकपा एमालेका प्रतिनिधी भिमलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नयाँशक्ती बिषामिल्ला मिहा, नयाँशक्ती नेपालका तेजेन्द्र थापा, राष्ट्रीय जनमोर्चाका नरबहादुर बिक, नेकपा माओवादी क्रान्तिकारीका कृष्ण थापाले हस्ताक्षर गरेका छन् ।

ग्वाघा, ग्वाघा, हरेवा, हर्राचौर, विशुखर्क र दिव्रुङ्गका पनि सवै पार्टी पतिनिधीहरुले पनि हस्ताक्षर गरेका प्रतिलिपी त्यहाँबाट तेजेन्द्र थापा र प्रेम घोताने गुरुङ्गले हामीलाई प्रेषित गरेका छन् । यसैविच शान्तिपुर लगायत ति सवै गाविस भित्र रहेका उद्योगी व्यवसायी र शैक्षिक क्षेत्रले समेत चन्द्रकोट गाउँपालिका र शान्तिपुर केन्द्रको स्वागत गरेका छन् ।

शान्तिपुर मै भेला भएका दिव्रुङ्गका जनप्रतिनिधी र सर्वसाधरणले पनि छुट्टै विज्ञप्ती लेखेर चन्द्रकोट केन्द्रमा  दिव्रुङ्ग पारिएकोमा स्वागत योग्य निर्णय भएको भन्दै स्वागत गरेका छन् । आफुहरु ईलाका नम्वर ४ अन्तरगतमा रहँदा निकै, दुख र व्यवधान खेप्नु परेको वेला अव दिव्रुङ्गलाई पायक पर्ने चन्द्रकोट गाउँपालिकामा समावेस गर्ने जुन निर्णय जिल्लामा भएको छ त्यो स्वागत योग्य छ विज्ञप्तीमा भनिएको छ । 

विज्ञप्तीमा यहि कसैले यस गाविसवासीको हित विपरित अन्य निर्णय गरे दिव्रुङ्ग चुप लागेर नवस्ने चेतवानी समेत दिईएको छ । त्यहाँका सवै राजनैतिक दलहरुले दिव्रुङ्गको एकता, समाजिक संरचना, सद्भाव विथोल्ने कुचेष्टा कसैले नगर्न समेत चेतावनी दिदै यदि त्यसो गरिए दिवु्रङ्गको  सवै शक्ती जस्तो सुकै कदम चाल्न बाध्य हुने कुराको अवगत पनि गराएका छन्  ।

उनिहरुले दिव्रुङ्गवासीलाई चन्द्रकोट गाउँपालिका मै राखियोस् भन्दै संयुक्त रुपमा हस्ताक्षर गरी दिव्रुङ्गका पत्रकार घनश्याम खरेल मार्फत विज्ञप्ती पठाएका छन् । विज्ञप्तीमा  नेपाली कांग्रेस दिव्रुङ्गका प्रतिनिधी रामेश्वर अर्याल, नेकपा एमालेका गोविन्द वलाल, नेकपा माओवादी केन्द्रका हिमाल पुन, राप्रपा नेपालका प्रकाश बिकले हस्ताक्षर गरेका छन् ।  त्यस्तै  ९ वटै वडा स्तरिय प्रतिनिधीहरुले  पनि हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य