प्रेम सुनार | गुल्मी, कार्तिक–२० । ४ नम्वर ईलाका भित्रै केन्द्र मागको आन्दोलनले आज देखि बडिघाट खोला लाईनको यातायात ठप्प प्राय पारिरहेको बेला आजै   ५ नम्वर ईलाका अन्तरगतक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | गुल्मी, कार्तिक–२० । ४ नम्वर ईलाका भित्रै केन्द्र मागको आन्दोलनले आज देखि बडिघाट खोला लाईनको यातायात ठप्प प्राय पारिरहेको बेला आजै   ५ नम्वर ईलाका अन्तरगतक"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको रिडी बजार केन्द्र नभए गुल्मी ठप्पको चेतावनी

२० कार्तिक २०७३, शनिबार १३:०५

प्रेम सुनार | गुल्मी, कार्तिक–२० । ४ नम्वर ईलाका भित्रै केन्द्र मागको आन्दोलनले आज देखि बडिघाट खोला लाईनको यातायात ठप्प प्राय पारिरहेको बेला आजै   ५ नम्वर ईलाका अन्तरगतको केन्द्र रिडी बजार नबनाईए सिंङ्गो गुल्मी  जिल्ला नै ठप्प पार्ने चेतावनी त्यहाँका वासीन्दाले दिएका छन् ।  

कार्यदलले  तयार पारेको   गाउँपालिको नामकरण भने रुरु क्षेत्र तर केन्द्र  तोक्ने फरी उक्त क्षेत्रले छुदै नछुने स्थानमा भन्ने आक्रोष पोख्दै  त्यहाँका जनप्रतिनिधीहरु ,  सयौ युवा  र महिला प्रतिनिधीहरु आज सदरमुकाममा  डेलिगेशन आई रुरु क्षेत्रमै केन्द्र हुनु पर्ने माग  राखेका छन्  । 

रुरु क्षेत्र नेपालकै चारधाम मध्ये एक धाम भएको, ऐतिहाँसिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्र साथै गुल्मी जिल्लाका प्रवेशद्धार भएको , चौतर्फी यातायतको केन्द्र भएको र गाउँपालिकाकाृ लागि चाहिने आवस्यक पुर्वधारहरु पुर्ण भएको हुनाले ईलका नम्वर ५ अन्तरगत बन्ने रुरु क्षेत्र गाउँपालिकाको केन्द्र रुरु क्षेत्रको मुख्य स्थान रिडीमै हुनु पर्ने  त्यहाँका जनप्रतिनिधीहरुको माग रहेको छ । 

यसअघि नगरपालिकाको दावि समेत गरेका र नगरयुक्त  वजारिकरण र वातवरण  बनाएका रिडीवासीले अवको गाउँपालिकालाई आवस्यक सम्पुर्ण पुर्वधार समेत कार्यदललाई पेश गरेका छन् । 

पक्की पुल , सडक , विद्युत , खानेपानी प्रवि देखि क्याम्पस सम्मको शैक्षिक क्षेत्र , स्वास्थ्य , ईलाका स्तरको सुरक्षा निकाय , सुचना तथा सञ्चार , बैंक, वजार, खेल मैदान , दुई वटा  कर्बडहल , विभिन्न धार्मिक स्थान लगायत केन्द्र स्थापना हुँदा  अवस्यक सवै पुर्वधार पहिले नै तयारी भएकोले राज्यलाई समत भार नपर्ने उनिहरुको दावि छ । 

रुरु क्षेत्र विश्व सम्पदा सुचीमा समेत नेपाल सरकारद्धारा स्वीकृत भई सिफारिस भएको र देशकै प्रशिद्ध स्थान रुरु क्षेत्र गाउँपालिकाको केन्द्र हुन जिल्लावासीका लागि गनि गौरवको विषय हुने त्यहाँका जनप्रतिनिधीहरुले बताए । 

उक्त माग प्रविधिक समितिका निमित्त प्रमुख रहेका र यति वेला निमित्त स्थानिय विकास अधिकारी समेत रहेका सरोज पोखरेल र उच्च स्तरिय  विवाद समधान सवन्व्य समितिमा रहेका दलका शिर्ष नेताहरु समक्ष पेश गर्न नेपाली कांग्रेसका रुरु गाउँ कार्य समिति सभापति रामचन्द्र भट्टराई , नेकपा एमालेका सचिव माधवप्रसाद ज्ञवाली ,नेकपा माओवादी केन्द्रका अध्यक्ष फर्शुराम पौड्याल, रुरुका निर्वतमान गाविस अध्यक्ष केशरमान श्रेष्ठ , निर्वतमान उपाध्यक्ष चन्द्रलाल कसाजु, नेकपा एमाले जिल्ला कमिटी सदस्य हिमाल श्रेष्ठ सहितका  त्यहाँ क्रियाशिल राजनैतिक दलहरु आएका थिए । 

त्यस्तै उद्योग वाणिज्य संघ रिडी शाखाका अध्यक्ष सुवर्णलाल कक्षपति , रुरुफे्रण्डस क्लवका उपाध्यक्ष सोमित श्रेष्ठ , रिडी वजार व्यवस्थापन समितिका सचिव सुन्दर कसाजु, नागरिक समाज रिडीका अगुवा  गुरुप्रसाद ज्ञवाली, रिडी वहुमुखी क्याम्सका अध्यक्ष ओम आमत्य, रुरु संष्कृतिक  विद्यापिठ तथा  साधरण माविका अध्यक्ष भरतराज ज्ञवाली रुरु प्रािवका प्रधानध्यापक पदम थापा र चेतनशिल महिला समुहकी अध्यक्ष लक्ष्मी ज्ञवाली लगायत आएका थिए । 

ति जनप्रतिनिधी र संघ संस्थाका प्रतिनिधी सहित रिडीबाट आएका सयौं युवाले जिल्ला विकास समिति अगाडी नारा लगाउँदै यसरी  चेतावनी दिए–‘ रिडीमा केन्द्र नपारिए हामीले गुल्मी ठप्प पार्दैनौ , रिडी ठप्प पाछौं  । रिडी ठप्प पारे  गुल्मी आफै ठप्प हुने छ, ख्याल गरौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य