२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका दलहरुले यसो गरे कसो होला ?

२२ कार्तिक २०७३, सोमबार ०६:३४

प्रेम सुनार/कात्तिक २२, गुल्मी । गुल्मीको ४ नम्वर ईलाका, जुभुङ्ग र वलिथुमको आन्दोलनले निकै समस्यामा परेका छन् यति वेला यहाँका राजनैतिक दलहरु । 

केहि विकल्पहरु नेपाली कांग्रेस र नेकपा माओवादीले अगाडी सारेको छ भने केहि विल्पहरु नेकपा एमाले र अन्य राजनैतिक दलहरुले पनि अगाडी सारेका छन् । ति विकल्पहरुका अलवा एक विकल्प यस्तो पनि हुन सक्छ भन्ने सुझाव यहाँ पेश गर्न खोजिएको छ । यति वेला अर्खवाङ्गको ठुलाचौर केन्द्र मान्दैनौं भन्दै दर्लिङ्ग र नेटा गाविस आन्दोलनमा छ । 

यता बडागाउँ मुसिकोट र पौदीअमराई पनि हामी वामी जाँदैनौ भन्दै आन्दोनमा रहेको छ । हुन पनि पौदीअमराईको निस्तेखोला तिरको मान्छे पारी वामी बढिघाट खोला पारी जाँदा कति समय लाग्ला ?

यता दर्लिङ्ग दुनाम गाउँ र बढिघाट खोला किनर वल्घास गाउँका जनता अर्खवाङ्गको ठुलाचौर जान कति घण्टा हिड्नु पर्ला दर्लिङ्ग ति वडाहरुमा अहिले सम्म मोटर वाटो समेत पुग्न सकेको छैन् ।

यसर्थ रुपाकोट, तुराङ्ग र आँपचौरको आन्दोलनलाई सम्वोधन गर्न सकिने विकल्प भनेको अर्लाङ्गकोट , र वामी देखि रुपाकोट सम्म एउटा नगरपालिका बनाउन सके खोलालाईनको सांस्कृतिक,  राजनैतिक र धामिर्क सम्वन्ध पनि कायमैै रहने भौगोलिक रुपले पनि एकै  ठाउँमा रहने देखिन्छ । उता बडागाउँ देखि ह्वाङ्गदी सम्मको भौगोलिक र सांस्कृतिक सम्वन्ध पनि मिल्छ । ति गाविसको सेन्टर  तिन तिन गाविसको विच नेटा बन्न सक्छ  । वा सहमतिमा जहाँ बनाए पनि भयो ।

प्रस्तावित अर्खवाङ्ग केन्द्रबाट छुटेको छापाहिले र अर्जैलाई ईस्मा तिर गाभेर  नगरपालिका प्रस्ताप गर्न सकिन्छ । किन  कि  अन्य दुई वटै क्षेत्रमा नगरपालिका प्रस्ताव गरिदा ३ नम्वर क्षेत्रमा गरिएको छैन् । 

यो विकल्पलाई दलहरुले केहि वेर अभ्यास गरे कसो होला ? अनि यो विकल्प प्रति तपाई शिक्षक , वुद्धिजिवी , विद्यार्थी र सर्वसाधरणहरुको राय के छ ?  कृपया यसै अनलाईन वा फेशबुकमा शेयर गरेर कमेन्ट गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव