कात्तिक २२, खोटाङ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउन नहुने  बताएका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २२, खोटाङ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउन नहुने  बताएका छन् । 

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख बनाउन सकिन्न: पोखरेल

२२ कार्तिक २०७३, सोमबार ०७:३७


कात्तिक २२, खोटाङ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउन नहुने  बताएका छन् । 

प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अङ्गीकृत नागरिकलाई १० वर्षपछि राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउँदा राष्ट्र हितविपरीत हुने दाबी गरे । 

अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाएर नेपालका वास्तविक नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुने बताए । “संसारमा हुँदै नभएको अभ्यास नेपालमा सम्भव छैन” उनले भने– “लागू गर्न खोजिए पार्टीले अस्वीकार गर्छ ।” 

संविधान कार्यान्वयन जनपरिचालन अभियानका क्रममा आइतबार खोटाङ आउनुभएका महासचिव पोखरेलले नेपालमा निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको बताए । निर्वाचन प्रक्रिया असफल भए संविधान र राजनीतिक दलको भूमिका निष्प्रभावी हुने भएकाले देश विदेशका शक्ति निर्वाचन भाँड्ने खेलमा लागिपरेको आरोप लगाए । 

महासचिव पोखरेलले संविधान संशोधन गर्न सकिने दस्तावेज भए पनि संशोधनका विषयवस्तु औपचारिक रुपमा नल्याइएको बताए । संशोधन गर्नुपर्ने विषयलाई सत्तागठबन्धन दलले छलफल गरेर स्पष्टसँग प्रस्तावमा ल्याउनुपर्ने उनको भनाई छ । 

अर्को प्रशङ्गमा लोकमानको नियुक्तिका विषयमा सुरुमै विवाद भएको पत्रकार सम्मेलनमार्फत स्पष्ट पारे । “लोकमानलाई असावधानीपूर्वक नियुक्ति गरिएको थियो ।” उनले भने– “हामीले विवादित व्यक्तिलाई नियुक्ति गर्नु हुँदैन भनेका थियौँ ।” 

दिक्तेलस्थित एमाले पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका बेलामा सरकारले सुरक्षाको नाममा देखाएको भक्तिभाव अशोभनीय रहेको टिप्पणी गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का