Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राजनीतिक स्थिरता हुन नसक्दा आर्थिक विकास हुन सकेन : कमल थापा

By साझासवाल 3 मिनेट पढाइ

<p><b>कार्तिक २६, सल्यान । </b>राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक स्थिरता हुन नसक्दा लगानी नभित्रिएका कारण आर्थिक विकास हुन नसकेको बताएका छन ।देशको पछिल्लो राजनीतिक घटनाक्रमले देश झनै संकटमा परेको भन्दै उनले यसको राजनीतिक तरिकाले समाधान हुनुपर्नेमा जोड दिएकन छन ।&nbsp;</p><p>नयाँ सविधानले पनि जनतामा आशा दिन नसकेको बताएका उनले राजा सहितको हिन्दु राष्ट नै आफ्नो अडान हुने बताएका थिए । मिडिया नेपाल सल्यानको आयोजनामा श्रीनगरमा रहेको होटेल युनाईटेडमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुर्व उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री समेत रहेका थापाले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने काम छलफल नगरेरै छापामार शैलीमा आएकाले त्यसमा राप्रपा नेपालले छलफल गरेर मात्र निर्णय लिने भनेका छन । सरकार परिवर्तनले जनतामा संविधान निर्माणपछि नकारात्मक प्रभाव पारेको जनाएका उनले २०७४ को माघ ७ गतेभित्र सबै निकायको चुनाव गराउनुपर्ने संविधानको मुल मर्म भएकोमा पनि जोड दिएका छन ।&nbsp;</p><p>यदि संविधान अनुसार समयमा चुनाव नभए देशको संविधान नै धरापमा पर्न सक्ने खतरा रहेको तर्फ उनले अौल्याएका छन । यसैविच उद्योग वाणिज्यसंघ सल्यानले गरेको स्वागत कार्यक्रममा बोल्दै नेता थापाले खुल्ला बजार अर्थनीतिको पक्षमा आफ्नो पार्टी रहेको बताए । उनले भने ू साम्यवादी विचार बोकेको चिनले समेत पछिल्लो समय खुल्ला बजार अर्थनीतिका कारण आर्थीक उन्नती गरेको बताए । आज नै राप्रपा नेपालले श्रीनरमा हिन्दुत्व जागरण सभा गर्दैछ ।</p>