कात्तिक २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताएका छन । 

प्रधानमन्त्री निवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताएका छन । 

प्रधानमन्त्री निवा"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी राख्दिन: प्रधानमन्त्री

२७ कार्तिक २०७३, शनिबार ०६:१६

कात्तिक २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताएका छन । 

प्रधानमन्त्री निवास बालुवाटरमा आज पुगेको अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रतिनिधि मण्डलसँग भएको भेटमा उनले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत सङ्घर्षमा रहेको भन्दै अहिले सरकारमा रहेर मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे । 

वर्तमान सरकारले सक्ने जति समस्या समाधान गर्न आफ्नो ध्यान गएको स्पष्ट गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि सबै क्षेत्रबाट सहयोग आवश्यकपर्ने बताएको उनका सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

भेटमा महासङ्घका अध्यक्ष शालिकराम जम्मकट्टेलले केही समयअघि पारित भएको औद्योगिक व्यवसाय ऐन मजदुरको पक्षमा नभएको भन्दै यसलाई संशोधन गर्न तथा संसद्मा पुगेको श्रम ऐनको संशोधन विद्येयक र सामाजिक सुरक्षा ऐनलाई मजदुरमैत्री बनाउन आग्रह गरेका थिए । 

उनले संविधानमा राष्ट्रिय मजदुर आयोगको व्यवस्था, मजदुरको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्न, यातायात क्षेत्रका मजदुरका समस्या सम्बोधन गर्न, ‘इ’ रिक्सालाई व्यवस्थित गर्न नियमावली तयार गर्न तथा सरकारी ज्यालादारी र करारमा नियुक्त कर्मचरी, कामदारलाई अन्य सरकारी कर्मचारीसरह सेवा सुविधा दिन आग्रह गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह