१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अंगिकृत नागरिकतामा एमालेले भ्रम फैलायो : सभापति देउवा

२७ कार्तिक २०७३, शनिबार १४:१८

कमल सुबेदी, कात्तिक २७, पोखरा । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले नागरिकता को बिषयमा नाजायज प्रचार गरेको आरोप लगाए । तरणदल नेपालको शनिवार पोखरामा उद्घाटन गर्दै उनले अंगिकृत नागरिकताका विषयमा काग्रेस नलागेको समेत प्रष्ट पारे । पत्रपत्रिकाले समेत अंगिकृत नागरिकताका विषयमा उचालेको बताउदै उनले आक्रोश पोखे । अन्तरिम सविधानमा भएको विषयलाई संबिधानमा राख्न खोजेको हो यसलाई एमालेले भ्रम फैलाएको देउवाले आरोप लगाए ।

संबिधान  कार्यन्यका लागि सबै दल एक जुट भएर अगाडी बढ्नु पर्ने बताउदै उनले सबै दल मिलेर चुनाव गर्न सकेमा संविधान कार्यान्यन हुने बताए ।  पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले निर्वाचन नभए सम्म संविधान कार्यान्यन नहुने बताए । स्थानीय निर्वाचनमा जित्न नेपाल तरण दलमा सर्वसहमती हुन आवश्यक रहेको बताए । उनले तरण दलका युवाहरु जिल्ला गएर संविधान र काग्रेका बारेमा फैलाएका नकारात्मक धारणलाई चिर्न समेत आग्रह गरे ।

नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल केही देखिका असन्तुटिलाई समेटर सम्सोधन गरि निर्वाचन गर्ने बातावराण बनाउनु पर्ने बताउदै संबिधान जारी गर्ने दलहरु एकै ठाउमा उभिनुपर्नेमा जोड दिए । नेपाली काग्रेसका महामन्त्री डा. शसाङक कोइरालले सविधान गतिसिल दस्ताबेज भएका कारण आवश्यकता अनुसार सम्ंसोधन गरेर जानुपर्ने बताए । नेपाली काग्रेसका कोषाध्यक्ष तथा शान्ति तथा पुर्न्निमार्ण मन्त्री सितादेवी यादवले शान्ति प्रक्रिया टुङगोमा लगाउन कानुन परिर्वतन गरेर भए पनि अगाडी बढ्ने बताइन् । 

बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका साथ ३ दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन बन्द सत्र र अन्तिम दिन निर्वाचन कार्यक्रम हुने छ । बन्दसत्र र निर्वाचन कार्यक्रम पोखरा सभागृहमा हुने आयोजकले जानकारी दिएका छन् ।

तरुण दलको नयाँ कार्यसमिति प्रादेशिक संरचना आधारमा ७५ सदस्यीय हुने जनाइएको छ । हाल कार्यसमिति ६१ जनाको छ । उद्घाटन समारोहमा कास्की र छिमेकी जिल्लाका कांग्रेस कार्यकर्ता र तरुण युवाहरु गरी ठुलो संख्यामा सहभागी भएका थिए । महाधिबेसनमा करिब १४ सय भन्दा बढि प्रतिनिधिहरुले भाग लिएका छन् । भक्तपुर र सप्तरीमा अधिबेसन नै नभएका कारण ७३ जिल्लाबाट सहभागी छन् ।

निधि बोल्दा कार्यकर्ताद्धारा बिरोध

यता कार्यक्रममा उपप्रधान तथा गृहमन्त्रि बिमलेन्द्र निधि बोल्दै थिए । संबिधानमा भाषाका कुरा कस्तो हुने भन्ने बिषयमा कुरा राख्दै थिए कार्यक्रममा उपस्थित कार्यकर्ताले हुटिङ्ग गर्न सुरु गरे । बोल्दा बोल्दै निधिले किन हल्ला गरेको भनेर कार्यकर्तालाई हपार्न सुरु गरे । उनले हिन्दी भाषाको कुरा गर्न नपाउदै कार्यकर्ताले बिरोध जनाएका हुन् । निधिले अन्य  सार्वजनिक कार्यक्रमा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने बताएकोले आज पनि यस्तै कुरा आउछकि भनेर बिरोध जनाएको एक सहभागिले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल