२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

तरुणदलको नेतृत्वको लागि भागबन्डा हुने निश्चित

२०७३, २८ कार्तिक आईतवार १०:०६

कात्तिक २८, पोखरा । नेपाल तरुण दलको महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ । पोखरा सभागृह सुरु भएको बन्दसत्रमा विभिन्न विषयमा छलफल सुरु भएको छ । ‘बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन’ भन्ने नाराका सुरु भएको महाधिवेशनमा नेतृत्वका लागि कांग्रेस नेताहरुले भागबण्डा गर्ने तयारी गरेको नेताहरुले बताएका छन् ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाबीच पदाधिकारीमा भागबण्डाको पहल भइरहेको काग्रेसका नेताहरुले बताएका छन् । अध्यक्षमा देउवा निकट जीतजंग वस्नेतलाई अध्यक्ष बनाउन सहमति खोजीएको नेताले बताए ।

महासचिबमा रामचन्द्र पक्ष र कोषाध्यक्ष सिटौला पक्षलाई दिइ मिलाउने प्रयास थालेको एक नेताले बताए । तर सिटौला पक्ष भने चुनाव मै जाने बताइ रहेको छ । केन्द्रिय सदस्य देखि प्रदेश संयोजक लगायतमा सबैमा त्रिपक्षीय रुपमा बाँडफाँड गर्ने तयारी रहेको छ ।

यस अगाडी देउवा र सिटौला विच सहकार्य हुदै आए पनि यो पटका भने रामचन्द्र पक्ष र देउवा पक्ष विच सहकार्य अगाडी बढेको नेताहरुको भनाई छ । कांग्रेसका भातृसंस्था नेविसंघ र महिला संघका महाधिवेसनमा देउवा र सिटौलाले एउटै प्यानल बनाएर चुनावमा गएपछि पौडेल पक्ष प्यानलको उपस्थिति न्यून हुँदै गएको थियो । सोमबार सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व सहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ । सोमबार निर्वाचनका कार्यक्रम भए पनि अहिले सम्म निर्वाचन तालिका सार्वजनीक भएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो