३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

तरुणदलको नेतृत्वको लागि भागबन्डा हुने निश्चित

२८ कार्तिक २०७३, आईतवार १०:०६

कात्तिक २८, पोखरा । नेपाल तरुण दलको महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ । पोखरा सभागृह सुरु भएको बन्दसत्रमा विभिन्न विषयमा छलफल सुरु भएको छ । ‘बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन’ भन्ने नाराका सुरु भएको महाधिवेशनमा नेतृत्वका लागि कांग्रेस नेताहरुले भागबण्डा गर्ने तयारी गरेको नेताहरुले बताएका छन् ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाबीच पदाधिकारीमा भागबण्डाको पहल भइरहेको काग्रेसका नेताहरुले बताएका छन् । अध्यक्षमा देउवा निकट जीतजंग वस्नेतलाई अध्यक्ष बनाउन सहमति खोजीएको नेताले बताए ।

महासचिबमा रामचन्द्र पक्ष र कोषाध्यक्ष सिटौला पक्षलाई दिइ मिलाउने प्रयास थालेको एक नेताले बताए । तर सिटौला पक्ष भने चुनाव मै जाने बताइ रहेको छ । केन्द्रिय सदस्य देखि प्रदेश संयोजक लगायतमा सबैमा त्रिपक्षीय रुपमा बाँडफाँड गर्ने तयारी रहेको छ ।

यस अगाडी देउवा र सिटौला विच सहकार्य हुदै आए पनि यो पटका भने रामचन्द्र पक्ष र देउवा पक्ष विच सहकार्य अगाडी बढेको नेताहरुको भनाई छ । कांग्रेसका भातृसंस्था नेविसंघ र महिला संघका महाधिवेसनमा देउवा र सिटौलाले एउटै प्यानल बनाएर चुनावमा गएपछि पौडेल पक्ष प्यानलको उपस्थिति न्यून हुँदै गएको थियो । सोमबार सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व सहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ । सोमबार निर्वाचनका कार्यक्रम भए पनि अहिले सम्म निर्वाचन तालिका सार्वजनीक भएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’