२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुजातालाई ५० लाख – चौतर्फी बिरोध, मन्त्री थापाको आपत्ति

२०७३, २९ कार्तिक सोमबार ०१:१४

कात्तिक २९, काठमाडौं | सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेसंगै नागरिक स्तर र मन्त्रीहरुबाटै बिरोध तथा आपत्तिपूर्ण तर्क उठ्न थालेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छलफलको सूचीमा रहेको उपचारसम्बन्धी संशोधित कार्यविधिलाई रोकेर कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको थियो । 

यस बिषयमा स्वास्थ्यमन्त्री गगन थापाले समेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको घोर बिरोध गरेका छन् । उनले सुजातालाई उपचार खर्च बापत राज्यकोषको ठुलो रकम दिन अस्वीकार गरेपछि उनी नभएको मौका छोपी मन्त्रिपरिषद्को बैठकले विवादकै बीच ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको आरोप लगाएका छन् । उक्त उपचार खर्च उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य मन्त्रालयबाट दर्ता भई बैठकमा छलफलको कार्यसूचीमा रहेको उपचारसम्बन्धी कार्यविधि रोकेर कोइरालालाई १ करोड रुपैयाँ उपचार खर्च दिने ठाडो प्रस्ताव गरेका थिए । उनको सो प्रस्तावलाई मन्त्रीहरूले समेत आपत्ति जनाएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तक्षेप गरी ५० लाख दिने भन्दै निर्णय सुनाए । 

पछिल्लो कार्यविधि अनुसार विशिष्ट व्यक्तिको उपचार नेपालमा सम्भव भए उपचार खर्च नपाउने र मेडिकल बोर्डले नेपालमा सम्भव छैन भन्ने सिफारिस गरेको अवस्थामा मात्रै अधिकतम १५ लाख रुपयाँ मात्रै उपचार खर्च दिने व्यवस्था छ । कांग्रेस सभापति देउवा र उपप्रधान तथा ग्रिहमन्त्री निधिको चर्को दवाबमा रहेका प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्रालयलाई नै बाइपास गरी अधिकांश मन्त्रीको विरोधका बीच गृहमन्त्रीको प्रस्तावमा ५० लाख दिएपछी स्वास्थ्यमन्त्री गगन थापा रुष्ट बनेका छन् भने अन्य मन्त्रिहरुले समेत सुजातालाई दिईएको उपचार खर्चको बिरोध गरेका छन् । 

सरकारको निर्णयप्रति स्वास्थ्यमन्त्री थापाले आपत्ति जनाउँदै नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७३ मन्त्रिपरिषद्ले पारित गरेर त्यसैअनुसार उपचार खर्च दिनुपर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयले एक साताअगाडि नै कार्यविधिको संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता गरे पनि अहिलेसम्म छलफलसमेत भएको छैन । सो प्रस्तावमा आइतबार छलफल गर्नुपर्नेमा उल्टो त्यसैलाई एकातिर थन्क्याएर सुजातालाई ५० लाख दिएको एक मन्त्रीले आरोप लगाए । स्वास्थ्यमन्त्री थापाले मन्त्रिपरिषद्को पछिल्लो निर्णयले राज्यकोषको दुरुपयोग संस्थागत भएको भन्दै विरोध गरेका छन् ।

कांग्रेस नेतृ सुजाता कोइरालाले सरकारले स्तन क्यान्सरको आशंका गर्दै सरकारसँग १ करोड उपचार खर्च माग गरेकी थिईन । 

यता कांग्रेस नेतृ सुजातालाई सरकारले ५० लाख दिने निर्णय गरेसँगै सामाजिक संजालमा सरकारको निर्णयको चर्को आलोचना भएको छ । नागरिक स्तरबाट सामाजिक संजाल तथा बिभिन्न संचार मध्यमहरुमा बिरोधका प्रतिकृया उठ्न थालेका छन् । सरकारले राज्यकोषको रकम चरम दुरुपयोग गरेको भन्दै बिभिन्न नाममा नेताहरुलाई बाडिने रकमको बिरोध सहितका आवाजहरु उठेका छन् । 

नागरिक स्तरबाट सामाजिक संजालमा आएका पछिल्ला प्रतिक्रियाहरु: 
















प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल