कात्तिक २९, काठमाडौँ | मधेसवादी दलहरुले आज पनि संसद बैठक बहिस्कार गरेका छन् । संविधान संशोधन विधेयक संसदमा नल्याइ आफुहरुलाई झुलाउने काम गरेको आरोप लगाउँदै ति दलहरुले आजको संसद बैठक बहिस्कार गरेका हुन् ।
संसद बैठक बहिष्कार पछी बोल्दै सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारलाई पटक-पटक सयम दिँदा समेत संविधान संशोधनमा ध्यान नदिएको बताए । उनले सरकारले जबसम्म संशोधनको काम पूरा गर्दैन तबसम्म संसदको बैठक बहिष्कार गरिने बताए । नेता कर्णले अहिलेसम्म बहिस्कार मात्र गरेको भन्दै अझै आफ्नो मागको सुनुवाई नभए कडा कार्यक्रममा जाने चेतावनी दिए ।
कर्णले यही महिना भित्र संविधान संशोधन नआए सडक आन्दोलन गर्ने चेतावनी दिए । आजको संसद बैठक बहिष्कार गर्नेहरुमा संघीय सजमावादी फोरम नेपाल, तमलोपा, सद्भावना, तमसपा, फोरम गणतान्त्रिक लगायत रहेका छन् ।