कात्तिक २९, पोखरा । नेपाल तरुण दलको पोखरामा जारी चौथो राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन बिहान १०.०० बजेपछि बन्दसत्र सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, पोखरा । नेपाल तरुण दलको पोखरामा जारी चौथो राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन बिहान १०.०० बजेपछि बन्दसत्र सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको "/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरुण दलको बन्दसत्र अझै सुरु भएन

२०७३, २९ कार्तिक सोमबार ०८:५३


कात्तिक २९, पोखरा । नेपाल तरुण दलको पोखरामा जारी चौथो राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन बिहान १०.०० बजेपछि बन्दसत्र सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको छैन । 

हिजोदेखि सुरु बन्दसत्रमा अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी रहेकामा प्रतिवेदनमाथि बोल्न चाहने महाधिवेशन प्रतिनिधि बाँकी नै रहे पनि बन्दसत्र सुरु हुन नसकेको प्रतिनिधिको गुनासो छ । 

अध्यक्षको प्रतिवेदनमाथि छलफल सकिएपछि आजै आर्थिक प्रतिवेदन एवम् समसामयिक विषयमा छलफल हुने नेपाल तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्लेले जानकारी दिए । 

अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा नेपाल तरुणको विद्यमान साङ्गठनिक अवस्था, सङ्गठनको आगामी कार्ययोजना, भ्रष्टाचार एवम् देशका अन्य विभिन्न विकृतिमा तरुणहरूको भूमिकालगायतको विषय समेटिएको छ । 

हिजोको बन्दसत्रमा प्रतिवेदनमाथि बोल्ने प्रतिनिधिले २१ औँ  शताब्दीको परिवर्तित एवम् विकसित समाजको मागअनुरुप देशको आर्थिक एवम् सामाजिक विकासका लागि योगदान गर्नसक्ने किसिमको तरुण नेतृत्व आवश्यक भएकामा जोड दिएको काफ्लेले  बताए । 

महाधिवेशनको कार्यक्रम अन्तर्गत आज निर्वाचनको कार्यक्रम हुने उल्लेख गरिए पनि अहिलेसम्म निर्वाचनको कुनै प्रक्रिया बढेको छैन । 

निर्वाचन समितिलाई निर्वाचनमा सहभागी हुने प्रतिनिधिको नामावली प्राप्त नभएका कारण निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न नसकिएको निर्वाचन अधिकृत विश्व घिमिरेले जानकारी दिए । 

तरुण दलको नेतृत्व सर्वसम्मत बनाउन पार्टी नेतृत्वमा छलफल जारी रहेका कारण पनि बन्दसत्र एवम् निर्वाचन प्रक्रिया सुरु हुन नसकेको जनाइएको छ । 

यसैबीच, आजै उत्तमकुमार चापागाईं नेतृत्वको समूहले एक पत्रकार सम्मेलन गरी सर्वसम्मतको नाममा लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार नेतृत्व चयन गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने प्रयास भइरहेको जनाएको छ । 

पत्रकार सम्मेलनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका चापागाईंले विधि र प्रक्रियाअनुसार नेतृत्व चयन गराउन तत्काल निर्वाचनको प्रक्रिया थाल्न आग्रह पनि  गरे ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल