२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लम्जुङ जिल्लाले पठायो स्थानीय तह पुनःसंरचनामा तीन प्रस्ताव

२०७३, १ मंसिर बुधबार ०८:१६

मङ्सिर १, लमजुङ । स्थानीय निकाय पुनःसंरचनाको लागि विकल्पसहित तीनवटा प्रस्ताव पठाएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले लमजुङमा आठ स्थानीय तह रहने गरी तीनवटा प्रस्ताव राज्य पुनःसंरचना आयोगमा पठाएको हो । 

पुनःसंरचनाको विषयमा अधिकतम् सहमतिको प्रयास गर्दै विकल्पसहित तीन प्रस्ताव पठाइएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी शेखर पौडेलले बताउनुभयो । 

पुनःसंरचना आयोगमा प्रस्ताव पठाउने म्याद सकिएको भएपनि सहमति हुन नसकेको भन्दै ढिला गरी मङ्गलबार साँझ प्रस्ताव पठाएको हो । 

“स्थानीय तह निर्धारणका विषयमा राजनीतिक दल, जिल्लाका सभासद र जनताबीच आ–आफ्नै धारणा आए,” पौडेलले भन्नुभयो “अधिकतम सहमतिको प्रयास गरी सबैको धारणा सम्बोधन गर्न तीनवटा खाका बनाएका छौँ ।” 

पौडेलका अनुसार तीनवटै प्रस्तावमा जिल्लामा आठवटा स्थानीय तह रहने गरी मुख्य प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् । तीनवटै प्रस्तावमा समेटिएका साविकका गाविस तथा नगरपालिका भने हेरफेर गरिएको छ । 

राज्य पुनःसंरचना आयोगले जिल्लामा आठवटा मात्र स्थानीय तह निर्धारण गरेको छ । यसअघि पनि प्राविधिक समितिले तीन विकल्पसहित दुईवटा सात र एउटा नौवटा स्थानीय तह रहने गरी प्रस्ताव पठाएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण