२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकरणका लागि दुई पार्टीको संयुक्त बैठक

१ मंसिर २०७३, बुधबार ११:४९

मङ्सिर १, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको संयुक्त बैठकले दुबै पार्टीका एकीकरणका लागि यही मङ्सिर ६ गते गरिने घोषणा सभालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेको छ । 

धुम्बाराहीस्थित राप्रपा नेपालको कार्यालयमा बसेको बैठकले दुबै पार्टीबाट १२÷१२ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसम्पादन समिति तथा १५०/१५० प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसमिति बनाउने निर्णय गरेको छ । 

त्यसैगरी एकीकरणपछि दुबै पार्टी एक भएको सूचना निर्वाचन आयोगमा दिने बारेमा समेत छलफल गरिएको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

बैठकमा राप्रपा नेपालका नेतृत्व उपाध्यक्ष राजीव पराजुली तथा राप्रपाको नेतृत्व महामन्त्री तथा आपूर्तिमन्त्री दीपक बोहरालगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले