२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेससँगको सम्बन्ध बढाउनुपर्छ: पौडेल

१ मंसिर २०७३, बुधबार १२:५१

मङ्सिर १, चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र समावेशिता बचाउनका लागि मधेसका नेतालाई सहमतिमा ल्याउनुपर्ने बताउनुभएको छ । 

तराई अभियानको आज पूर्वी चितवनको खैरहनीबाट सुरु गर्दै उहाँले मधेससँगको सम्बन्ध बढाएर लैजानुपर्ने बताउनुभयो । मधेसप्रतिको दृष्टिकोण सबैेभन्दा बढी काँग्रेसको सकारात्मक रहेको भन्दै उहाँले सरकारले मधेससँगको सम्बन्ध अझै बढाउनुपर्ने विचार व्यक्त गर्नु भयो । 

राज्य पुनः संरचनाको विषयमा मधेसमा देखिएको समस्या समाधान गर्नुपर्ने भन्दै उहाँले कतिपय सवालमा आयोग बाधक बनेको बताउनुभयो । आयोगले जनसङ्ख्याको आधारमा पुनःसंरचनाको मापदण्ड बनाउँदा मधेसमा समस्या देखिएको उहाँको भनाइ थियो । 

अभियानले काँग्रेसको सङ्गठन मजबूत बनाउन सहयोग पुग्ने अनुमान गरिएको छ । भोलि मकवानपुरमा, मङ्सिर ३ गते वारा, ४ गते रौतहटमा, ५ गते सर्लाहीमा, ६ गते महोत्तरी र ७ गते धनुषामा तराई अभियान कार्यक्रम गरिने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले