Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मधेससँगको सम्बन्ध बढाउनुपर्छ: पौडेल

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १, चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र समावेशिता बचाउनका लागि मधेसका नेतालाई सहमतिमा ल्याउनुपर्ने बताउनुभएको छ ।

तराई अभियानको आज पूर्वी चितवनको खैरहनीबाट सुरु गर्दै उहाँले मधेससँगको सम्बन्ध बढाएर लैजानुपर्ने बताउनुभयो । मधेसप्रतिको दृष्टिकोण सबैेभन्दा बढी काँग्रेसको सकारात्मक रहेको भन्दै उहाँले सरकारले मधेससँगको सम्बन्ध अझै बढाउनुपर्ने विचार व्यक्त गर्नु भयो ।

राज्य पुनः संरचनाको विषयमा मधेसमा देखिएको समस्या समाधान गर्नुपर्ने भन्दै उहाँले कतिपय सवालमा आयोग बाधक बनेको बताउनुभयो । आयोगले जनसङ्ख्याको आधारमा पुनःसंरचनाको मापदण्ड बनाउँदा मधेसमा समस्या देखिएको उहाँको भनाइ थियो ।

अभियानले काँग्रेसको सङ्गठन मजबूत बनाउन सहयोग पुग्ने अनुमान गरिएको छ । भोलि मकवानपुरमा, मङ्सिर ३ गते वारा, ४ गते रौतहटमा, ५ गते सर्लाहीमा, ६ गते महोत्तरी र ७ गते धनुषामा तराई अभियान कार्यक्रम गरिने बताइएको छ । रासस