३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूसँग देशभक्ति, आँट र हिम्मत भएपनि हाँसोको पात्र बनाइयो: ओली

३ मंसिर २०७३, शुक्रबार १०:५५

मङ्सिर ३, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले देश विकासका खातिर आफूले परिकल्पना गरेका विकास निर्माणका योजनालाई व्यंग्यको विषयवस्तु बनाएको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा कलाकार बैकुण्ठ महतको ‘हाम्रो नेपाल हामी नेपाली’ गीतिसंग्रहको विमोचन गदै अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व गरेको बेलामा परिकल्पना गरिएका विकास निर्माणका योजनालाई मजाकमा उडाइएको बताएका हुन् ।

उनले नेपालले पानी जहाज किन्ने हिम्मत राख्छ भनेर आफूले समृद्ध मुलुकको परिकल्पना गर्दा आलोचित बन्न पुगेको उल्लेख गरे । उनले विकास निर्माण र मुलुकको परिर्वनका लागि आफूसँग देशभक्ति, आँट र हिम्मत भएपनि हाँसोको पात्र बनाइएको गुनासो समेत गरे ।

‘कसैले बताउँलान् पानी जहाज व्यंग्य हो भनेर । तर, व्यंग्य होइन । म व्यंग्य गर्नेहरुसँग पनि सन्तुष्ट छैन । सायद मैले बुझाउन पनि सकिन । कसैले बुझ्दैन भनेर उसको कमजोरी भन्नु भएन,’ ओलीले भने ।

अध्यक्ष ओलीले एमालेले जनताको चाहना र देशको हितमा मात्र काम गर्ने स्पष्ट पारे । पछिल्लो समय अंगिकृत नागरिकता र उनीहरुको नेपाली हैसियतका बारेमा चर्चा गरिएको समाचार प्रति इंकित गर्दे अध्यक्ष ओलीले नेपाली नागरिकले नेपालकै हितमा काम गर्नुपर्ने उल्लेख गर्दे त्यो काम एमालेले गर्ने स्पष्ट पारे । अध्यक्ष ओलीले मुलुकको हित विपरीत काम गर्न खोज्नेहरुप्रति एमालेले सधैं खबरदारी गरिरहने बताए ।

अध्यक्ष ओलीले कलाकारले आफ्नो श्रृजना मार्फत देशभक्ति र राष्ट्रियतको पक्षमा खबरदारी गनुपर्ने बताए । उनले कलाकारले चित्त नबुझेका कुराहरुमा व्यांग्यात्मक रुपमा गीत गाउन पनि सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’