मङ्सिर ३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनका लागि शुक्रबार विद्यार्थी सङ्गठनहरुसँग छलफल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनका लागि शुक्रबार विद्यार्थी सङ्गठनहरुसँग छलफल"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फागुनमा स्ववियु निर्वाचन गर्न सबै सहमत

३ मंसिर २०७३, शुक्रबार १२:५४

मङ्सिर ३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनका लागि शुक्रबार विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेको छ । 

स्ववियु निर्वाचन नजिकिँदै गर्दा निर्वाचनलाई सफल बनाउने र निर्वाचनसम्बन्धी केही आचारसहिंताका बारेमा विद्यार्थी सङ्गठनसँग छलफल गरिएको त्रिविका उपकुलपति डा तीर्थ खनियाँले जानकारी गराउनुभयो । 

‘फागुनमा निर्वाचन गर्नेमा विद्यार्थी सङ्गठनमा विवाद देखिएन’,उहाँले भन्नुभयो, ‘सबै सकारात्मक हुनुहुन्छ । मिलेर निर्वाचन गर्नेमा सहमत हुनुहुन्छ । त्यसैले निर्वाचन हुन्छ ।’ 

उहाँले उमेर हदका बारेमा त्रिवि सभाले निर्णय गर्ने जानकारी गराउनुभयो । निर्वाचनमा २८ वर्ष उमेर हदबन्दीको विषयलाई लिएर विद्यार्थी सङ्गठनबीच विवाद हुँदै आएको छ । 

आचारसंहितामा निर्वाचन भड्किलो नबनाइने, सभा गर्न नपाइने, क्याम्पस स्वयंले नै उम्मेदवारको परिचयात्मक कार्यक्रम गर्ने, कुनै सङ्गठनमा उम्मेदवारको विवाद भएमा केन्द्रीय नेतृत्वले मिलाउने, समानुपातिकको सूची पहिल्यै बुझाउनुपर्ने जस्ता कुरा उल्लेख गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिनुभयो । 

उहाँले आचारसंहितामा स्ववियुमा निर्वाचित भइसकेपछि बदमासी गर्ने स्ववियु पदाधिकारीलाई फिर्ता बोलाउन सक्ने व्यवस्था गर्न त्रिविसँग माग गरिएको पनि बताउनुभयो । 

विसं २०६५ यता त्रिविमा स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिविले पटक पटक निर्वाचन घोषणा गरे पनि स्थगन हुँदै आएको थियो । छलफलमा नेविसङ्घका महामन्त्री सरोज थापा, अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने लगायत १६ सङ्गठनका प्रतिनिधिको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’