मङ्सिर ७, ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङको ओलाङ्चुङगोलास्थित चीनको तिब्बतसँग सीमा जोडिएको टिपताला भञ्ज्याङसम्मको सडक निर्माण गर्न सरकारले विशेष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङको ओलाङ्चुङगोलास्थित चीनको तिब्बतसँग सीमा जोडिएको टिपताला भञ्ज्याङसम्मको सडक निर्माण गर्न सरकारले विशेष"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गमको विकास गर्न योजनाबद्ध काम भइरहेको छ: प्रधानमन्त्री

७ मंसिर २०७३, मंगलवार १२:५२

मङ्सिर ७, ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङको ओलाङ्चुङगोलास्थित चीनको तिब्बतसँग सीमा जोडिएको टिपताला भञ्ज्याङसम्मको सडक निर्माण गर्न सरकारले विशेष प्राथमिकता दिने बताएका छन् । 

कञ्चनजङ्गा हीरक महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले ताप्लेजुङको पर्यटन विकासका लागि तिब्बतको सीमा जोड्ने ओलाङ्चुङगोला लोकमार्गको निर्माण, तमोर करिडोर निर्माण, दोभानको मोटर गुड्न पुललगायत पूर्वाधार निर्माणका लागि विशेष पहल गरिने बताए । 

भौतिक पूर्वाधारको अपेक्षित विकास नहुँदा यहाँका स्थानीयबासिन्दाको जीवनस्तर तुलनात्मकरुपमा कठिन बन्दै गएकामा आफू सचेत भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पिछडिएका एवम् दुर्गम क्षेत्रको विकासका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताए । 

पर्यटन विकासका लागि जलवायु परिवर्तन मुख्य चुनौती भएको उल्लेख गर्दै उनले जलवायु अनुकूलन योजना निर्माणमा समेत सरकार सजग भएको बताए । जलवायु परिवर्तनको असर खासगरी हिमाली क्षेत्रमा बढी देखिएको र यसले मानिसको जनजीवनमा समेत प्रत्यक्ष असर गरेको उनको भनाइ थियो । 

प्रधानमन्त्री दाहालले गत वर्षको बाढीपहिरोबाट विस्थापितलाई पुनःस्थापना गराउने विषयमा समेत सरकार प्रतिबद्ध भएको बताए । 

महोत्सवमा श्रममन्त्री, पर्यटन मन्त्रालयका सचिव, पर्यटन बोर्डका अध्यक्ष, व्यवस्थापिका–संसद्, विकास समितिका सभापतिलगायतको उपस्थिति थियो । जिल्लाको सुकेटारमा आजदेखि सुरु भएको कञ्चनजङ्गा हिरक महोत्सव बिहीबार सम्पन्न हुने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ