मङ्सिर १७, रोल्पा । प्रदेश टुक्र्याएको विरोधमा हप्ता दिनदेखि आन्दोलनरत रोल्पाली र प्यूठानीले बलिदानी गर्न तयार रहेको बताएका छन् ।

बिहीबार रोल्पाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १७, रोल्पा । प्रदेश टुक्र्याएको विरोधमा हप्ता दिनदेखि आन्दोलनरत रोल्पाली र प्यूठानीले बलिदानी गर्न तयार रहेको बताएका छन् ।

बिहीबार रोल्पाको"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाली भन्छन्- बलिदान गर्न तयार छौं, प्रदेश विभाजन अस्वीकार्य

२०७३, १७ मंसिर शुक्रबार ०५:५९


मङ्सिर १७, रोल्पा । प्रदेश टुक्र्याएको विरोधमा हप्ता दिनदेखि आन्दोलनरत रोल्पाली र प्यूठानीले बलिदानी गर्न तयार रहेको बताएका छन् ।

बिहीबार रोल्पाको खुङ्ग्रीमा आयोजित संयुक्त विरोध सभामा बोल्ने वक्ताले यस्तो बताएका हुन् । विकासको मूलप्रवाहवाट पछाडि पारिएका रोल्पा, प्यूठान लगायतका पहाडी जिल्लालाई राज्य पुनःसंरचनाको माध्यमवाट मूलप्रवाहमा आउने अपेक्षा गरिएकोमा पछिल्लो पटकको सीमाङ्कन हेरफेरले थप आक्रान्त बनाएको उनीहरुको आरोप थियो । ५ नम्बर प्रदेशवाट रोल्पा, प्यूठानलगायत जिल्ला छुट्याउने कार्य कदापि स्वीकार्य हुन नसक्ने उनीहरुको मत थियो ।

कार्यक्रममा नेकपा (एमाले) संसदीय दलका सचेतक गोकुलप्रसाद घर्तिमगर प्रमुख वक्ताको रुपमा उपस्थित थिए । विरोधसभाका वक्तामा रोल्पा—प्यूठान संयुक्त सङ्घर्ष समितिका संयोजक मुक्तिप्रसाद शर्मा, एमाले जिल्ला अध्यक्ष हरि घर्ति, नेपाली काग्रेस, रोल्पाका कार्यबाहक सभापति खडग वहादुर खत्री, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष सुरेन्द्र घर्ति, रोल्पा र प्यूठानमा क्रियाशील अन्य सबै राजनीतिक दलका प्रमुख, नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ र उद्योग वाणिज्य सङ्घका अध्यक्ष हुन् ।

उनीहरुले ५ नं प्रदेशका पहाडी जिल्लालाई छुट्याउने निर्णय कुनैपनि हालतमा मान्य नहुने मन्तव्य व्यक्त गर्नु भएको थियो । रोल्पा प्यूठान संयुक्त सङ्घर्ष समितिको आयोजनामा भएको उक्त संयुक्त विरोधसभामा दुवै जिल्लाका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस