खकेन्द्र केसी/मंसिर १९, सल्यान ।  नेकपा माओवादी सल्यानका सदस्य गणेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

गत मंसिर ११ मा भएको ढाकाडाम गाविसको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी/मंसिर १९, सल्यान ।  नेकपा माओवादी सल्यानका सदस्य गणेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

गत मंसिर ११ मा भएको ढाकाडाम गाविसको"/>

2026-09-08 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विप्लव माओवादीका जिल्ला सदस्य गणेशमान प्रहरी हिरासतमा

खकेन्द्र केसी/मंसिर १९, सल्यान ।  नेकपा माओवादी सल्यानका सदस्य गणेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

गत मंसिर ११ मा भएको ढाकाडाम गाविसको परिषदमा जनताका मागहरू सम्बोधन नगरी एक्लौटी गरेको भन्दै पुन संशोधनको माग राखेको विषयलाई लिएर हिजो भएको छलफल निश्कर्ष विहिन भएपछि गाउमा राति सुतिरहेको बेला प्रहरीले पक्रेको माओवादी सल्यानले जनाएको छ । 

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य समेत रहेका गणेशमानले स्थानियबासिको आग्रहमा आफु छलफलमा गएको भन्दै राति सुतिरहेको बेला आफुलाई गिरफ्तार गरिएको बताएका छन । स्थानिय जनताका मागहरु पुरा गराउनलाई आफुले जनताको माग सहित छलफल राख्न अनुरोध गरेको तर कांग्रेसले नांगो हस्तक्षेप गरेको माओवादीको आरोप छ । ढाकाडामको माओवादीका विरुद्ध अन्य स्थानबाट गएको काग्रेशको दादागिरीका कारण सहमति हुन नसकेको माओवादीले आरोप लगाएको छ ।

गाविस सचिव मोहन डिसीले नेपाली कांग्रेसको आडमा रहनेगरि पार्टीका पुर्व जिल्ला सचिव एकराज डिसीलाई लिएर गएको र उनिहरुकै कारण परिषद् संशोधन हुन नसकेको माओवादी सल्यानका सेक्रेटरी विश्वको आरोप छ । स्थानिय निकाय हेर्ने जिल्ला विकास समिति पनि काग्रेशको इशारामा चलेको भन्दै ढाकाडामबासीका मागलाई सम्बोधन गर्ने भन्दा काग्रेशका माग सम्बोधन गर्ने सचिवलाई नछाडिने बताएका छन ।

उता जिल्ला विकास समिति सल्यानका सूचना अधिकृत पूर्ण बहादुर वलीले सहमति गरेर परिषदको संशोधन गर्ने गरि बैठक बसेतापनि  सहमति नभएका कारण अर्को दिन बैठक बस्ने गरि स्थगित गरौं भन्दा माओवादीका साथीहरुले त्यसोभए माइन्यूट हामीलाई दिनुस भनेकाले प्रहरीसंग भएको माइन्यूट साथीहरुलाई बुझाइएको बताएका छन । आफुहरु कसैको इशारामा नचलेको बताउदै सहमतिमा नै काम गर्ने कार्यालय लागिपरेको बताएका छन । 

गाविसका जनतालाई बेखबर बनाई केहि राजनीतिक दल र गाविस सचिवको मिलेमतोमा मनपरी बजेट विनियोजन गरिएको भन्दै स्थानियले गत मंसिर १३ मा अनिश्चीतकालका लागि तालाबन्दी  गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ