पढ्न करिब 2 मिनेट लाग्छ

खकेन्द्र केसी/मंसिर १९, सल्यान । नेकपा माओवादी सल्यानका सदस्य गणेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंसिर ११ मा भएको ढाकाडाम गाविसको परिषदमा जनताका मागहरू सम्बोधन नगरी एक्लौटी गरेको भन्दै पुन संशोधनको माग राखेको विषयलाई लिएर हिजो भएको छलफल निश्कर्ष विहिन भएपछि गाउमा राति सुतिरहेको बेला प्रहरीले पक्रेको माओवादी सल्यानले जनाएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य समेत रहेका गणेशमानले स्थानियबासिको आग्रहमा आफु छलफलमा गएको भन्दै राति सुतिरहेको बेला आफुलाई गिरफ्तार गरिएको बताएका छन । स्थानिय जनताका मागहरु पुरा गराउनलाई आफुले जनताको माग सहित छलफल राख्न अनुरोध गरेको तर कांग्रेसले नांगो हस्तक्षेप गरेको माओवादीको आरोप छ । ढाकाडामको माओवादीका विरुद्ध अन्य स्थानबाट गएको काग्रेशको दादागिरीका कारण सहमति हुन नसकेको माओवादीले आरोप लगाएको छ ।

गाविस सचिव मोहन डिसीले नेपाली कांग्रेसको आडमा रहनेगरि पार्टीका पुर्व जिल्ला सचिव एकराज डिसीलाई लिएर गएको र उनिहरुकै कारण परिषद् संशोधन हुन नसकेको माओवादी सल्यानका सेक्रेटरी विश्वको आरोप छ । स्थानिय निकाय हेर्ने जिल्ला विकास समिति पनि काग्रेशको इशारामा चलेको भन्दै ढाकाडामबासीका मागलाई सम्बोधन गर्ने भन्दा काग्रेशका माग सम्बोधन गर्ने सचिवलाई नछाडिने बताएका छन ।

उता जिल्ला विकास समिति सल्यानका सूचना अधिकृत पूर्ण बहादुर वलीले सहमति गरेर परिषदको संशोधन गर्ने गरि बैठक बसेतापनि सहमति नभएका कारण अर्को दिन बैठक बस्ने गरि स्थगित गरौं भन्दा माओवादीका साथीहरुले त्यसोभए माइन्यूट हामीलाई दिनुस भनेकाले प्रहरीसंग भएको माइन्यूट साथीहरुलाई बुझाइएको बताएका छन । आफुहरु कसैको इशारामा नचलेको बताउदै सहमतिमा नै काम गर्ने कार्यालय लागिपरेको बताएका छन ।

गाविसका जनतालाई बेखबर बनाई केहि राजनीतिक दल र गाविस सचिवको मिलेमतोमा मनपरी बजेट विनियोजन गरिएको भन्दै स्थानियले गत मंसिर १३ मा अनिश्चीतकालका लागि तालाबन्दी गरेका थिए ।